पोखरियामा कानु समाज पर्साको बैठक सम्पन्न

पोखरियामा कानु समाज पर्साको बैठक सम्पन्न

वीरगंज २० माघ

आज कानु समाज नेपाल पर्साको बैठक पोखरिया मा सम्पन्न भएकोछ।आज समाज नेपाल पर्साको अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा बसेको बैठकले भिभिन्न किसिमको निर्णय गरेका छन।

समाजले आउने दिनमा स्वजातियको अति बिपन्न गरिब परिवारका शिक्षा बाट बन्चित रहेका बालबालिकालाई हरु लाई शैक्षिक सामग्री तथा आवश्यक पोशाक समेत का व्यवस्थापन गर्ने र गरिब परिवारका छोरीका उमेर पुगेका छोरीको विवाहमा सहयोग गर्ने समाजका अध्यक्ष लक्ष्मण साह कानुले प्रतिबद्धता जनाएका हुन्।

आगामी बैशाख महिना भित्रमा कानु समाज नेपाल महानगर अधिवेशन गर्ने र त्यसपछि जिल्लाका १३ स्थानीय पालिकाको अधिवेशन गर्ने कानु समाज नेपाल पर्साका सचिव श्रवण प्रसाद साहले बताए।

सो कार्यक्रममा कानु समाज नेपाल पर्साका कोषाध्यक्ष ओमप्रकाश साह कानु, सहसचिव सुरेन्द्र साह कानु, सदस्य हरिशंकर साह कानु,जियालाल गुप्ता, रामदयाल प्रसाद साह, रुपनारायण प्रसाद साह, सल्लाहकार अखिलेश कुमार साह लगायतका उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।