बाराको प्रसौनी गाउपालिकाको हाकिम र लेखा प्रमुखको संलग्नतामा भ्रष्टाचार संस्थागत हुँदै

बाराको प्रसौनी गाउपालिकाको हाकिम र लेखा प्रमुखको संलग्नतामा भ्रष्टाचार संस्थागत हुँदै

बारा १८ फागुन

बाराको प्रसौनी गाउँपलिकामा भ्रष्टाचार संस्थागत रुपमा बढन थालेको आरोप लाग्न थालेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीको संलग्नतामा पालिकामा भ्रष्टाचार संस्थागत रुपमा बढन थालेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुमित सिंह, लेखा शाखा प्रमुख प्रेमबाबु पटेल, प्रविधि शाखाका प्रमुख, प्रशासन शाखा प्रमुख लगायत कर्मचारीको संलग्नतामा पालिकामा भ्रष्टाचार हुन थालेको पालिकाकै एक जना कर्मचारीले बताए ।

भ्रष्टाचार संस्थागत हुन थालेको पछिल्लो उदाहरण सबइन्जिनियरको विज्ञापन भएको ती कर्मचारीले बताए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीले २०७९ माघ १३ गते तीनजना सबइन्जिनियरको करार पदपूर्तिकालागी प्राविधिक सहायक पदको विज्ञापन आह्वानको सूचना निकालेका थिए ।

सूचना प्रकाशित भएपछि २३ जनाले आवेदन फर्म भरेकोमा गाउपालिकाले परीक्षा संचालन नगरेर करिब एकबर्ष पछि प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले २०८० माघ ८ गते दोस्रो पटक सूचना आह्वान गरेका छन । एकजना साह थर गरेको व्यक्तिलाई करार पदमा जागिर दिनकालागी दोस्रो पटक सूचना प्रकाशित गरिएको पालिका स्रोतको दाबी छ ।

प्रथम पटक सूचना प्रकाशित गर्दा ती साह थरका व्यक्तीको सबईन्जिनियर पदकालागी चाहिने प्रमाणपत्रहरु आउन नसकेका कारण पालिकाले दोस्रो पटक सूचना प्रकाशित गरेर ती साह थरका व्यक्तिसँग आवेदन फर्म भराएको गाउँपालिकाको अभिलेखबाट देखिन्न्छ ।

पालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह र लेखा शाखा प्रमुख प्रेमबाबु पटेलले आर्थिक प्रलोभनमा परेर ती साह थरका व्यक्तिलाई जागिर दिन दुई पटक सुचना प्रकाशित गरेको कर्मचारी स्रोतको दाबी छ ।

दोस्रो पटक सुचना प्रकाशित गर्दा साह सहित दसजनाले आवेदन फर्म भरेको पालिका अभिलेखमा उल्लेख छ । मोटो रकम लिएर साह थरका ती व्यक्तिलाई जागिर दिनकालागी सूचना प्रविधि शाखावर प्रशासन शाखाका प्रमुखले हाकिम सिंह र लेखा प्रमुख पटेललाई सहयोग गरेको ती पालिका स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार साह थरका ती व्यक्तिका बुबासंग मोटो रकम लिएर जागिर दिने सहमति हाकिम सिंह र लेखा प्रमुख पटेलले गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत सिंहले भने आर्थिक प्रलोभनमा परेर जागिर दिन लागेको र भ्रष्टाचार बढेको कुरा गलत भएको दाबी गर्नु भयो । बिश्व खबरसंगको कुरामा सिंहले आफुले लोकसेवा आयोगको नियम अनुसार दोस्रो पटक सूचना प्रकाशित गरेको दाबी गर्नु भयो ।

गाउँपलिकाले प्रकाशित गरेको विज्ञापनमा केही फर्जी प्रमाणपत्र सहितपनि फर्म भरिएको स्रोतले दाबी गरेको छ । यसै बीच बिश्व खबरले चासो लिएपछि पालिकाले भोलि फागुन १९ गते लिने लिखित परीक्षा स्थगित गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राहुल गुप्ताले सूचना प्रकाशितगरि परीक्षा स्थगित गरेका हुन ।

परीक्षा मर्यादित हुने हल्ला भएपछि हाकिम सिंहको निर्देशनमा परीक्षा स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गुप्ताले बताए । पालिकाका कर्मचारीको मिलोमतोमा साह थरका परीक्षार्थीको हातमा प्रश्नपत्र परीक्षा अगावै पुगेको सूचना बाहिर आएपछि परीक्षा स्थगित भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सिंहले भने सो कुरामा सत्यता नरहेको दाबी गरे । लोकसेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले पदपूर्ति समिती गठन गरेर कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने प्रावधान रहेको बताए । एक पटक प्रकाशित गरिएको सूचना रद्द गरेपछि मात्रै दोस्रोपटक पटक सूचना प्रकाशित गर्न सकिने कानुनी प्रावधान रहेको प्रवक्ता शर्माले दाबीगरे । संभार:-बिश्वखबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।