धर्म निरपेक्ष फेल,अब हिन्दू राष्ट्र नेपालको विकल्प छैन – संतोषानन्द महाराज

धर्म निरपेक्ष फेल,अब हिन्दू राष्ट्र नेपालको विकल्प छैन - संतोषानन्द महाराज

बीरगंज ४ सावन

नया नेपालको नाममा ठुला राजनीतिक दलले लयाएको धर्म निरपेक्षता फेल भएको नेपाल जनता पार्टिका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराजले आरोप लगाएका छन। पर्वको नाममा अराजक शैली,धर्म परिवर्तन,गौ हत्या, लबजिहाद, सनातन धर्म कमजोर गर्न् विभिन्न जालझेल, मठ मन्दिरको जग्गा कब्जा,धार्मिक अभियान्ता माथी आक्रमण,हिन्दू आस्था संग खेलवाङ,हिन्दू माथी राज्य आक्रमक र अन्य प्रति उदाशीन लगाएत अनेकौ उदाहरण रहेका छन।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु केवल नेपाली जनता लाई लड़ाऊंने र आपसी एकता विभाजन गराऊंने फोहरी खेल खेलदै आएको महाराजले बताए। पैसाको लागी नेपाल र नेपालीहरुको पहिचान हिन्दू राष्ट्र नेपाल मिटाउने कार्य गरे अनी हाम्रो विश्व सामू भएको पहिचान खोसियों। हिमाल पहाड़ तराई मधेश लाई एक सुत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र। अब जात,भूगोल, पहिरण, भाषा, संस्कृतिको नाममा नेपाली जनता लाई लड़ाऊने र मूर्ख बनाउने कार्य बन्द गर्न् ठुला राजनीतिक दल लाई अनुरोध गरेका छन नत्र नेपाली जनता जून दिन सजक भए तपाईहरु लाई तह लगाऊँन बेर नलागने महाराजले संकेत गर्नुभयो।

हिन्दू राष्ट्र नेपाल स्थापना हेतु नेजपाको संघर्ष जारी रहेको छ। धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य भई रहेको बताए। नेजपा प्रति युवा,महिला,विधार्थी, बुद्धिजीवी, पत्रकारहरुको सहानुभूति बढ़दै गई रहेको छ।

नेजपा केन्द्रीय वरिष्ठ नेता तथा वार्ता समिति संयोजक संतोषानन्द महाराजले समान उद्देश्य बोकेको धार्मिक संघ-संस्था,पार्टी, अभियान्ताहरु, धार्मिक गुरुजन, राष्ट्र सेवक कर्मचारी, सामाजिक संस्था एवम सरोकारवाला संग हाम्रो सहकार्य जारी छ।

नेपाली लाई नेपालकों माया हुन्छ विदेशी लाई होइन भनदै राष्ट्रको एकता,अखंडता, पहिचान,नेपालीहरुको स्वभिमानका लागी महाराजले भने हिन्दू राष्ट्र नेपाल स्थापना हेतु सम्पूर्ण नेपालीहरु आ- आफ़नो ठाऊ बाट नेतृत्वदायी एवम रचनात्मक भुमिका निर्वाह गरने बेला आएको बताऊंदै धर्म निरपेक्षवादी र विदेश एजेंट संग सावधान सजक हुन नेपाली जनता लाई आग्रह गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।