नेजपा द्वारा व्यक्तित्व विकास एवं लीडरशिप तालिम सम्पन्

नेजपा द्वारा व्यक्तित्व विकास एवं लीडरशिप तालिम सम्पन्

बीरगंज ३ फाल्गुन

नेपाल जनता पार्टी पर्सा जिल्ला समिति द्वारा आज एक दिने व्यक्तित्व विकास एवं लीडरशिप तालीम बीरगंज पब्लिक कलेज मुरली बग़ैचामा सम्पन् गरेको छ। पार्टीका विभिन् तह तपकाका नेताहरुको सक्रिय सहभागीमा भएको तालीम मधेश विश्वविद्यालयका उपकुलपति एवं नेपाल जेसीसका पूर्व राष्ट्रिय अध्यक्ष प्रोफेसर डाक्टर दीपक शाक्य र नेपाल क्रिकेट संघका राष्ट्रिय एम्पायर एवं बीरगंज पब्लिक कलेजका प्रोफेसर बासु कर्णले प्रशिक्षण दिएका थिए।

नेपाल जनता पार्टी पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको तालीममा नेजपा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय संगठन महामंत्री राजीनंद चौधरी, केन्द्रीय सदस्यहरु बिनोद प्रसाद कुर्मी, पारस दुबेदी, प्रहलाद साह कलवार,पर्सा जिल्लाका मंत्री आनन्द सिंह कुर्मी, जिल्ला कार्य समिति सदस्यहरु संतोष कुशवाहा, पीयूष गुप्ता, अंशु कुमार प्रजापति,महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, महिला नेत्री रेखा वर्णवाल, युवा मोर्चा बीरगंज नगर संयोजक दीपक सरार्फ, ठाकुरराम बहुमुखी कलेज बीरगंजका सल्लहकार आशीष महतो,प्रसौनी गाउँपालिका बारा महामंत्री अमित राज, कार्य समिति सदस्य श्याम साह सहितको सहभागी रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।