ओलीको निर्देशनमा खोस्यो राजेन्द्र महतोको पीएसओ सुविधा

ओलीको निर्देशनमा खोस्यो राजेन्द्र महतोको पीएसओ सुविधा

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतोको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सुविधा खोसिएको छ ।

केही समय अगाडि ‘सरकारी सुरक्षाकर्मी’ सहित नो केबलकार आन्दोलनमा सहभागी भएपछि महतोको सुरक्षा सुविधा हटाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा पूर्व उपप्रधानमन्त्री महतोलाई दिइँदै आएको यो सुविधा खोसिएको सुरक्षा स्रोतले जनाएको छ। सरकारी सुरक्षाकर्मीहरूलाई विरोध प्रदर्शनमा प्रयोग गरेको भन्दै गृह मन्त्रालयले महतोको सुविधा खोसेको जनाइएको छ।

ताप्लेजुङ्बाट फागुन १२ गते काठमाडौं फर्किँदा पीएसओ खोसिएको महतोले बताए । ‘मलाई राज्यदेखि नै असुरक्षा भइरहेको थियो । मुक्कुमुलुङ क्षेत्रमा मेरो सुरक्षा दिएर बचाएकाले राज्यले मेरो सुरक्षा खोसेको हो,’ महतोले भने ।

यसअघि पनि महतोले विभिन्न अवसरमा आफूलाई राज्यबाट खतरा रहेको र आफ्नो सुरक्षामा चुनौती रहेको बताउँदै आएका थिए । सुरक्षा सुविधा खोसिएपछि आफू थप असुरक्षित भएको उनको भनाइ छ ।

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले भने पुर्वमन्त्रीहरुलाई दुई वर्ष सम्म मात्र सुरक्षा सुविधा दिने व्यवस्था रहेकाले पीएसओ फिर्ता बोलाइएको बताए ।

प्रवक्ता आचार्यले भने, ‘पूर्व भइसकेको मन्त्री ज्युहरूलाई दुई वर्ष सम्म सुरक्षा सुविधा हुने गर्छ । उहाँको दुई वर्ष नाघेकाले फिर्ता भएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।