कश्मीर घटनाका योजनाकार लाई कड़ा कारवाही गर्न नेजपाको मांग एवं मृतकको सम्मानमा श्रद्धांजलि सभा 

कश्मीर घटनाका योजनाकार लाई कड़ा कारवाही गर्न नेजपाको मांग एवं मृतकको सम्मानमा श्रद्धांजलि सभा 

बीरगंज ११ बैशाख

भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरू प्रति नेपाल जनता पार्टी जिल्ला समिति पर्साले श्रद्धाञ्जली अर्पण गरेको छ ।विहिवार बीरगंजकको घंटाघरमा दीप प्रज्वलगरी श्रद्धाञ्जली सभामा पार्टीका वरिष्ठ नेता संतोषानंद महाराज लगायत पार्टीका अगुवा र कार्यकर्ताहरुले मृत्यु भएकाहरू प्रति समवेदना प्रकट गर्दै आतङ्कवादीहरूको निन्दा गरेका हुन् ।

आयोजना ग़रीएको उक्त कार्यक्रमको मुख्य उद्देश्य मङ्गलवार जम्मु कश्मीरको अनन्तनाग जिल्ला स्थित पहलगामको बैसरन घाटीमा भएको बर्बर आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु थियो ।

उक्त हमलामा बुटवलका सुदीप न्यौपाने सहित २७ जनाको मृत्यु भएको थियो भने दर्जनौ व्यक्तिहरु घाइते भएका छन् ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानंद महाराजले आतङ्कवादीहरूले हिन्दु धर्मका व्यक्तिहरूलाई लक्षित गरी छानीछानी हत्या गरेको गम्भीर आरोप लगाए । उनले भने, “घुमघामको उद्देश्यले पहलगाम पुगेका निर्दोष हिन्दु पर्यटकहरूलाई इस्लामिक आतङ्कवादीहरूले हिन्दु भएको कारण मात्र हत्या गरे । यो अत्यन्त निन्दनीय र अमानवीय कार्य हो ।” उनले आतङ्कवादीहरूलाई कुनै पनि हालतमा कारबाही गर्नुपर्ने भारत सरकार संग माग गरे ।

महाराजले भने हमलामा नेपालका सुदीप न्यौपानेको मृत्यु प्रति नेपाल सरकारले विज्ञप्ति न निकालनू दुखद रहेको बताए। गहिरो दुख व्यक्त गर्दै उनकी घाइते आमाको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले यस्ता हमलाहरूले हिन्दु समुदाय माथि आक्रमणको शृङ्खला बढिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

नेपाल जनता पार्टीले हमलालाई हिन्दु समुदाय माथिको सुनियोजित आक्रमणको रूपमा लिएको छ । समाजले यस्ता आतङ्कवादी गतिविधिको कडा निन्दा गर्दै भारत सरकार सँग दोषीहरू लाई कठोर कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा व्यवस्था गर्न माग गरेको छ । साथै नेपाल सरकार सँग पनि मृतक नेपाली नागरिकको परिवारलाई उचित राहत र घाइतेको उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।

उक्त हमलाको पाकिस्तान स्थित निषेधित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाको छाता सङ्गठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले यो जिम्मेवारी लिएको छ ।

श्रद्धांजलि सभामा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु अधिवक्ता बिनोद कुर्मी, सुरेश साह कानू, पारस दुबेदी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाक्ष्यक्ष धीरज साह हलुवाई, मंत्रीहरु आनन्द सिंह कुर्मी, प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह कोषाध्यक्ष संतोष कुशवाहा, कार्य समिति सदस्यहरु पीयूष गुप्ता, विनय सिंह राजपूत, सुमंत कुमार दीप, जिल्ला सल्लहकारहरु हनुमान दास, जयलाल कुर्मी,महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, सह-संयोजक रेखा वर्णवाल, युवा मोर्चा बीरगंज नगर संयोजक दीपक सराफ, कोषाध्यक्ष प्रकाश झा,नेजपा बहदुरमाई नगर कोषाध्यक्ष राजेश साह सहित सहभागी रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।