पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने

पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने

मङ्गलबार, २३ बैशाख

पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया लन्डनमा चार महिनाको उपचार पछि स्वदेश फर्किएकी छन् ।

उनी मंगलबार बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन् । खालिदा जियासँगै उनकी बुहारी जुबैदा रहमान पनि बंगलादेश फर्किएकी छन् ।

उनकी बुहारी लगभग १७ वर्षपछि बंगलादेश आएकी हुन्। उनीसँग तीन जना निजी डाक्टर पनि थिए ।
उनलाई स्वागत गर्न बीएनपीका नेता तथा कार्यकर्ताहरू विमानस्थल नजिकै ब्यानर, पोस्टर र झण्डा बोकेर उभिएका थिए। खालिदा जिया जनवरी ८ मा उपचारको लागि लन्डन गएकी थिइन् ।

७९ वर्षीया खालिदा जिया कलेजोको सिरोसिस, मिर्गौला समस्या र मुटु रोग जस्ता धेरै रोगबाट पीडित थिइन्। उनलाई उपचारको लागि लन्डनको एक क्लिनिकमा भर्ना गरिएको थियो ।

गत वर्ष अगस्टमा विद्यार्थी आन्दोलनपछि बंगलादेशमा शेख हसिनाको सरकार ढल्यो। त्यसबेलादेखि बंगलादेशमा अन्तरिम सरकारले काम गरिरहेको छ। यस सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस हुन् ।

देशमा चुनाव गराउने र विजयी पार्टीलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी अन्तरिम सरकारको हो, तर धेरै विश्लेषकहरूले चुनाव गराउने अन्तरिम सरकारको प्रतिबद्धतामाथि शंका व्यक्त गरिरहेका छन् ।

मुहम्मद युनुसको अन्तरिम सरकारले चुनावको लागि कुनै मिति घोषणा गरेको छैन। केही सुधार पछि चुनाव हुन सक्ने भनिएको थियो, तर यसको मिति भने खुलासा गरिएको थिएन ।

अब खालिदा जिया बंगलादेश फर्किएपछि अन्तरिम सरकारमाथि चुनाव गराउन दबाब पर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।