मन्त्री प्रदीप यादवको निर्देशनमा गणेश टोलमा डीप बोरिङ जडा

मन्त्री प्रदीप यादवको निर्देशनमा गणेश टोलमा डीप बोरिङ जडा

वीरगञ्ज २१ सावन

वीरगञ्ज महानगरपालिका–१६ को नगवास्थित गणेश टोलमा खानेपानीको चरम सङ्कट झेलिरहेका स्थानीयवासीको नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान गरिएको छ ।

भूसतहको पानी सुक्दा चापाकलहरूले काम गर्न छोडेपछि पानीको सङ्कटमा परेका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै स्थानीय युवा नेता अरुण यादवको पहलमा मन्त्री यादवले निर्देशन दिएपछि डीप बोरिङ जडान गरिएको हो ।

नयाँ जडान भएको डीप बोरिङको उद्घाटन हिन्दु धर्म संस्कृति अनुसार पूजापाठ गरी सम्पन्न भएको मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए । साहका अनुसार, डीप बोरिङबाट पानी वितरणका लागि पाइपलाइन विस्तारको कार्य पनि आजैबाट सुरु भएको छ । बोरिङबाट कम्तीमा पाचॅ दर्जन भन्दा बढी घर परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको साहले बताए ।

डीप बोरिङ जडानसँगै नजिकै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की पनि स्थापना गरिने योजना रहेको सचिव साहले बताए । ट्याङ्कीले पानी भण्डारण र वितरणलाई थप सहज बनाउने विश्वास गरिएको छ ।

डीप बोरिङ जडान र पाइपलाइन विस्तारको कार्यले गणेश टोलका बासिन्दामा उत्साह छाएको छ । स्थानीयवासीले पानीको नियमित आपूर्ति हुने भएपछि आफूहरूको दैनिक जीवन सहज हुने अपेक्षा गरेका छन् । साथै, उनीहरूले यस्ता जनमुखी कार्यलाई निरन्तरता दिन मन्त्री यादवसँग आग्रह गरेका छन् ।

स्थानीयवासीहरूले डीप बोरिङ जडानले आफूहरूको दैनिक जीवनमा ठूलो राहत पुग्ने भन्दै खुसी पनि व्यक्त गरेका छन् । स्थानीय पाशपति देबी जयसवालले भनिन्, “पानीको सङ्कटले हाम्रो दैनिकी निकै कठिन भएको थियो । खानेपानी मन्त्री प्रदीप यादवज्यूको निर्देशनमा यति छिटो बोरिङ जडान भएर हाम्रो समस्या समाधान भएको छ । हामी उहाँप्रति हृदयदेखि आभारी छौँ ।”

त्यस्तै स्थानीय राहुल गिरीले पनि मन्त्री यादवको तदारुकता र छिटो–छरितो कार्यशैलीको प्रशंसा गर्दै कार्यले समुदायमा ठूलो परिवर्तन ल्याएको बताए ।

मन्त्री यादवका स्वकीय सचिव साहका अनुसार, मन्त्री यादवको कार्यकालमा वीरगञ्ज महानगरपालिकालगायत पानीको सङ्कट झेलिरहेका पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरूमा हालसम्म तिन सय भन्दा बढी डीप बोरिङ जडान भइसकेका छन् । बोरिङहरूले हजारौँ परिवारलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरेको छ ।

“मन्त्रीज्यूको प्राथमिकता नै जनताको आधारभूत आवश्यकता पूरा गर्नु हो । खानेपानीको समस्या समाधानका लागि उहाँले निरन्तर प्रयास गरिरहनुभएको छ,” साहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।