नेपालस्थित भारतीय दूतावास र वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासद्वारा कलामण्डलम रामनकुट्टी र टोलीको कथकली नृत्य प्रदर्शन आयोजना

नेपालस्थित भारतीय दूतावास र वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासद्वारा कलामण्डलम रामनकुट्टी र टोलीको कथकली नृत्य प्रदर्शन आयोजना

वीरगंज २९ साउन

नेपाल स्थित भारतीय दूतावास र वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले हिजो वीरगञ्जको टाउन हलमा प्रसिद्ध कलामण्डलम रामनकुट्टी र उहाँको टोलीद्वारा एक मनमोहक कथकली नृत्य प्रदर्शन सफलतापूर्वक आयोजना गरेको छ।

यस कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका खेल तथा समाज कल्याण मन्त्री श्री प्रमोद जायसवाल, बिष्ट अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख श्री राजेशमान सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरू, साथै कलाप्रेमी, विद्यार्थी तथा स्थानीय समुदायका ठूलो संख्यामा सदस्यहरू सहभागी भएका थिए। प्रदर्शनले कथकलीको प्राचीन कलाका माध्यमबाट भारतको समृद्ध सांस्कृतिक सम्पदाको प्रदर्शन गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

कलामण्डलम रामनकुट्टीको अद्वितीय प्रस्तुति र उहाँको टोलीको ऊर्जाशील तथा सटीक प्रस्तुतीकरणले पौराणिक कथाहरूलाई मञ्चमै जीवन्त बनाइदियो। यो कार्यक्रम भारत र नेपालबीचको स्थायी मित्रताको प्रमाणको रूपमा रह्यो, जसले दुवै देशबीच साझा सांस्कृतिक मूल्य र परम्परालाई उजागर गर्‍यो।

मन्त्री श्री प्रमोद जायसवालले आफ्नो सम्बोधनमा नेपाल र भारतको साझा सांस्कृतिक सम्पदामाथि जोड दिनुभयो। वीरगञ्ज महानगरपालिकाका प्रमुख श्री राजेशमान सिंहले दुवै देशबीचको शताब्दीयौंदेखिको सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्धलाई उल्लेख गर्दै श्री कलामण्डलम रामनकुट्टी र उहाँको टोलीलाई उनीहरूको मन्त्रमुग्ध पार्ने प्रस्तुति लागि धन्यवाद ज्ञापन गर्नुभयो र दर्शकको उत्साहको प्रशंसा गर्नुभयो।

कार्यक्रमको समापन दर्शकबाट प्राप्त स्ट्यान्डिङ ओभेशनका साथ भयो, जसले सांस्कृतिक आदान–प्रदान र कलात्मक उत्कृष्टताको उच्च प्रशंसा गर्‍यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।