पत्रकार सञ्जय कुमार मिश्र मोटरसाइकल दुर्घटनामा घाइते

पत्रकार सञ्जय कुमार मिश्र मोटरसाइकल दुर्घटनामा घाइते

राैतहट २१ माघ /प्रेमचन्द्र झा

गोरखापत्र राष्ट्रिय दैनिकका पत्रकार सञ्जय कुमार मिश्र बुधबार दिउँसो मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। दुर्गाभगवती गाउँपालिका–३, मत्सरीबाट गौर आउने क्रममा विपरीत दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका हुन्।

दुर्घटनामा मिश्रको टाउको, छाती र खुट्टामा चोट लागेको छ। घाइते मिश्रको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने हाल उनी आराम गरिरहेका छन्। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।