नेता चौरसियाले भने: “नयाँ होईन ,ईतिहास बोकेको पार्टि चाहिन्छ ,जनताको भरोसा काँग्रेसमै छ

नेता चौरसियाले भने: “नयाँ होईन ,ईतिहास बोकेको पार्टि चाहिन्छ ,जनताको भरोसा काँग्रेसमै छ

वीरगंज २२ माघ

वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा आज बिहीबार पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौरसियाले विसं २००७ सालभन्दा पहिलेदेखि जहानियाँ राणाशासनविरुद्ध संघर्ष गर्दै जनताको अधिकार, विकास र प्रजातन्त्र स्थापनामा नेपाली कांग्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। उनले प्रजातन्त्र संरक्षण गर्ने जिम्मेवारी अझै पनि कांग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै कांग्रेसलाई जिताउन मतदातासँग आग्रह गरे।

उनले भने, “कति दल आए, कति गए तर नेपाली कांग्रेस आज पनि जनताको हितका लागि उस्तै समर्पित छ। कांग्रेस सधैं जनताको पक्षमा उभिएको पार्टी हो, अब जनताको पालो आएको छ।”

नेता चौरसियाले कांग्रेस रहे जनताको हक अधिकार स्थापित हुने भन्दै पर्साका चारै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी गराउन अपिल गरे। उनले नयाँ दलहरूबारे टिप्पणी गर्दै इतिहास, सिद्धान्त र बलिदानको आधारमा पार्टीको मूल्यांकन गर्नुपर्ने धारणा राखे।

उनले उदाहरण दिँदै भने, “छोराछोरीको विवाह गर्दा पनि परिवार र समाज बुझेर निर्णय गरिन्छ भने देशको भविष्य तय गर्ने मतदानमा पनि इतिहास बोकेको, सिद्धान्त भएको र जनताको पक्षमा संघर्ष गरेको पार्टीलाई रोज्नुपर्छ।”

११ वर्षसम्म हत्याहिंसामा लागेको माओवादीलाई शान्ति प्रकृयामा ल्याएर राजनीतिको मूलधारमा ल्याउने काम र संविधान जारी गर्ने काम पनि कांग्रेस नेतृत्वकै सरकारले नै गरेको उनले बताए ।

त्यसका कारण यो मुलुकको समृद्धि र जनताको जनअधिकार र स्वतन्त्रता रक्षाका लागि योगदान दिएको कांग्रेसका बारे अहिलेका नयाँ पुस्तालाई कांग्रेसका नेताकार्यकर्ताले जानकारी गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

कांग्रेस बुथ सभापति राजदेव यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिन, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह ,पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, नेताहरु प्रेमचन्द्र कुशवाहा,प्रमोद कुशवाहा लगायतकाकोपनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।