मधेशमा नयाँ नेतृत्व बिहिनतको अवस्था छ : पूर्व न्यायाधीस लाल
मधेशमा नयाँ नेतृत्व बिहिनतको अवस्था छ : पूर्व न्यायाधीस लाल

काठमाडौं ३१ साउन
सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्ब न्यायाधीस गिरिश चन्द्र लालले मधेसका पुराना नेताहरूको परिक्षण भैसको र नयाँ नेतृत्व आउन नसकेको कारण नेतृत्व बिहिनताको अबस्था आएको बताए ।
‘मधेस: अबको बाटो’ बिषयको अन्तक्रिर्या कार्यक्रममा कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्ब न्यायाधीश गिरिश चन्द्रलाल, मधेस प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कृष्ण मुरारी रौनियार,अभियन्ता माजीद अन्सारी, अधिवक्ता आनन्द गुप्ता लगायत ४ दर्जन जति जेन जी पुस्ता देखि बरिस्ठ अधिवक्ताहरुको उपस्थिति रहेको थियो ।
सहिद संजय चौधरीका बहिनो तथा प्रतिष्ठानका अध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अभियन्ताहरु विकी यादव, संजय यादव, अनिल महासेठ, संतोष मेहता सिंतांसु सिंह लगायको उपस्थिति रहेको थियो ।
काठमाडौको सुबिधानगर स्थित इम्पेरियल हाउसामा आयोजित कार्यक्रममा कानुनी रुपमा मधेसमा भएको विभेद बारे चर्चा गरेका थिए । बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिले संविधान संशोधन भयो भने मधेसले पाएको पनि गुमाउने निश्चित रहेको बताए ।
कार्यक्रममा सहभागी अधिवक्ताहरुले राज्यले मधेसलाई मधेसी, मुस्लिम र थारुमा बिभाजन गर्न लागेका बताएका थिए । सहिद संजय चौधरी स्मृति प्रतिष्ठान नेपालले साप्ताहिक रुपमा विभिन्न समुहसंग ‘मधेस: अबको बाटो’ कार्यक्रम गर्दै आएको छ ।





