थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा भएको गोलीकाण्डमा ३४ जनाको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ बालबालिका रहेको बताइएको छ । पूर्ण विवरण अझै आउन बाकी छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । रिपोर्टका अनुसार मृत्यु हुनेमा धेरै बालबालिका पनि छन् । प्रहरी प्रवक्ताका अनुसार घटनामा थप व्यक्तिको मृत्यु भएको पुष्टि हुन सक्छ । घटनाबारे थप विवरण संकलनको प्रयास भइरहेको छ । प्रहरी प्रवक्ताले गोली चलाउने व्यक्ति पूर्व प्रहरी भएको बताए । उनलाई छिट्टै पक्राउ गरिनेछ ।

बालबालिकामाथि पनि छुरा प्रहार भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । प्रहरीका अनुसार आक्रमणकारी बैंककको नम्बर प्लेट भएको सेतो रंगको टोयोटा गाडीमा आएका थिए । मृत्यु हुनेमा २३ बालबालिका रहेको एक प्रहरी अधिकारीले बताएका छन् । यसअघि सन् २०२० मा थाइल्याण्डको नाखोन रत्चासिमा शहरमा एक सैनिकले २१ जनालाई गोली हानेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।