गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित

काठमाडौं । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई एक हजार २ सय ९२ मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।

भण्डारीले ३२ हजार २ सय २७ मत प्राप्त गर्नुभयो भने ज्ञवालीले ३० हजार ९ सय ३५ मत मात्र पाउनुभयो । ईमेल

यो क्षेत्रमा भण्डारी र ज्ञवाली आलोपालो गरी निर्वाचन जित्दै आउनु भएका छन् । २०७४ मा ज्ञवाली निर्वाचित हुनु भएको थियो । ईमेजखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।