यातायातको सवारी शाखामा कार्यालय सहयोगी भगतको सहयोगले भ्रष्टाचार र सनाखत नामसारी बढदै

अजय चौरसिया /
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंज भ्रष्टाचार र सनाखत नामसारीको नामले गन्हाईसकेको कार्यालयको रुपमा परिचित रहेको सर्वविदितै नै छ ।
सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी गौरीशंकर भगतले बिगत करिब ४ वर्ष देखि सो कार्यालयमा रही भ्रष्टाचारजन्य कार्य गर्दै सनाखत नामसारी गर्ने गराउने गरेको उनकै फाँटमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताएका छन् ।
भगतले बिगतमा पनि सनाखत नामसारी गर्ने गराउने गरेको र हालमा पनि सो कार्यलाई निरन्तरता दिदै आएको बताईन्छ । सनाखत नामसारी कानुन विपरितका कार्य हो, जुन गर्नै नहुने कार्यलाई भगतले बढावा दिदै आएको बताईन्छ ।
निवर्तमान कार्यालय प्रमुख कमल गौतमले भ्रष्टाचार गर्नैका लागि सानो सवारी शाखा मोटरसाईकल फाँटलाई दुई भागमा बिभाजित गरी ना १ प देखि ना ६५ प सम्मको ढाडाको जिम्मेवारी ६ नम्बर कोठामा कार्यालय सहयोगी भगतलाई नै दिईएको बताईन्छ ।
सनाखत नामसारीको ताण्डव मच्चाउने फाँटको रुपमा रहेको ६ नम्बर कोठाको जिम्मेवारी पाएका भगतले अचेल दादागिरी जमाउदै मनपर्दो गरिराखेको स्रोतको भनाई रहेको छ ।
यस सन्दर्भमा कार्यालय सहयोगी भगत सँग मोबाईल फोन गरी सम्पर्क गर्दा उनले आफु एउटा कार्यालय सहयोगी रहेको र कार्यालयको काम नियमानुसार गर्ने गरेको बताउदै त्यसतो कुनै किसिमको गल्ती काम नगरेको दाबी गरे ।
पुस ११ गते बुधबार नयाँ प्रमुखको रुपमा आउनु भएका उमेश रेग्मी सँग भ्रष्टाचारमुक्त कार्यालय बनाउन, सुशासनको प्रत्याभुति दिलाउन सेवाग्रहीहरुले अपेक्षा गरेका छन् । यस विषयमा वहाँले कतिको खरो उत्रिनु हुन्छ, सेवाग्रहीहरुको लागि हेर र पर्खको विषय बनेको छ ।






