चिनियाँ उपस्थितिलाई फिलिपिन्ससँगै अन्य राष्ट्रले पनि भन्छन् दादागिरी

दक्षिण चीन सागरको सम्पूर्ण जलक्षेत्रमा चीनले दाबी प्रस्तुत गर्ने गर्दछ । सोही सागरमा भारत र फिलिपिन्सले संयुक्त युद्ध अभ्यास गरेपछि चीन रुष्ट छ ।

चीनको रक्षा मन्त्रालयले भारत-फिलिपिन्स युद्ध अभ्यासमा आपत्ति जनाउँदै भारतलाई घरेलु मामिलामा दख्खल दिन तेस्रो मुलुक आउन नहुने र त्यसले शान्ति भंग गर्ने चेतावनी दिएको हो । वास्तवमा दक्षिण चीन सागरलाई चीनले मात्र नभएर अन्य देशहरुले पनि आफ्नो भएको बताउँछन् । ३५ लाख बर्गकिलोमिटरमा फैलिएको यस सागरमा चीन एक्लैको दाबीलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, इन्डोनेसिया र भियतनामले स्वीकार गर्दैनन् ।

यस सागरमा पछिल्लो समय फिलिपिन्स र चीनबीचको टकराब दिनदिनै बढ्दै जाँदा भारतको नौसैनिक युद्धपोत पनि त्यहाँ देखिँदा त्यसले सो क्षेत्रमा बढ्दो तनावालाई झनै बढाएको छ । पछिल्ला दिनमा चिनियाँ जहाजले फिलिपिन्सका जहाजलाई पानीको फोहराले आक्रमण गर्ने गरेको छ ।

झनै भारतीय जहाज पनि त्यहाँ देखा परे त्यसले गम्भीर परिणाम निम्तन सक्छ । सन् २०२० यता भारत र चीनको सम्बन्ध ज्यादै बिग्रिएको छ । गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाहरू हिंस्रक भिडन्तमा उत्रिँदा भारतका २० र चीनका ६ सेनाले ज्यान गुमाएका थिए ।

इकोनमिक टाइम्सको  आधारमा शिलापत्रले प्रकाशित गरेको समाचार अनुसार फिलिपिन्ससँग यसै महिना संयुक्त युद्ध अभ्यास गर्न भारतले एउटा युद्धपोत दक्षिण चीन सागरमा पठाएको थियो । दक्षिणा चीन सागर समुद्री व्यापारको एउटा प्रममुख जलमार्गको रूपमा परिचित छ । बर्सेनि खर्बौं डलरको कारोबार हुने यस जलक्षेत्रमा चिनियाँ उपस्थितिलाई फिलिपिन्ससँगै अन्य राष्ट्रले दादागिरीको संज्ञा दिएका छन् ।

चीनले यो विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियार नै तैनाथ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।