भारतले पाकिस्तानमा आतंकवादी मारेको’ दावीमा सत्यता नरहेको अमेरिका

एजेन्सी । पाकिस्तानमा आतंकवादीलाई भारतले मारेको पाकिस्तानको दावीमा कुनै सत्यता नरहेको अमेरिकाले भनेका छन् ।
भारतले पाकिस्तानमा आतंकवादी मारेको दाबी गरेको गार्जियन रिपोर्टमा प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले भने, ‘हामी सँग त्यस्तो कुनै आधार प्रमाण छैन र उसको दाबीमा कुनै सत्यता नरहेको टिप्पणी गरेका हुन् ।
हामी दुवै पक्षलाई आरोपप्रत्यारोपबाट बच्न र वार्ताको माध्यमबाट समाधान खोज्न प्रोत्साहित गर्छौं उनले भने । यता भारतले पाकिस्तानको आरोप सत्यमा टेकेर नभएको हावातालमा आरोपहरु लगाउनु “झूटो र दुर्भावनापूर्ण प्रचार” रहेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।