पोखरियाको विकासको माग गर्दै अनिश्चितकालीन धर्ना 

पोखरियाको विकासको माग गर्दै अनिश्चितकालीन धर्ना 

पर्सा १३ असोज

पोखरिया नगरपालिकामा बिभिन्न कार्यालय स्थापनार्थ तथा पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन दबाब स्वरुप राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि पोखरिया अस्पतालमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ ।

पार्टी केन्द्रीय सदस्य निजामुद्दिन समानीको नेतृत्वमा धर्ना सुरु गरिएको हो । दैनिक दिउँसो १ देखि ३ बजेसम्म यसरी धर्ना दिइने समानीले बताए । पोखरियाको समस्याबारे सरोकारवाला निकाय तथा तीनै तहको सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि बाध्य भइ तीनै तहका सरकार विरूद्ध संघर्षको कार्यक्रम तय गरिएको उनले बताए ।

पोखरियामा प्रदेशीक अस्पताल बनाउन तथा मालपोत, भूमिसुधार, नापी लगायतका कार्यालयहरूको स्थापना गराउनको पटक पटक संघीय सरकारलाइ आग्रह गरेपनि सुनुवाई नभएको उनले आरोप लगाए । पोखरिया अस्पतालका भवन तथा जगतपुरमा बर्थीङ सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउनको लागि प्रदेश सरकारलाई गुहार्दा पनि आश्वासन बाहेक केही उपलब्धि नपाइएको उनले गुनासो गरे ।

पोखरिया नगरपालिकाको कार्यालयले जनता माथि अनावश्यक कर लगाई सेवा विस्तार नगरी हाकिमको टिप्पणी आदेशमा नगरपालिकालाई भर्ती केन्द्र बनाई ठगी धन्दा मात्र गरेको उनको आरोप छ ।

‘काम गरेका कर्मचारीहरूलाई पर्वको समयमा पनि तलब दिएको छैन, निर्माण कार्य गराउने तर भुक्तानी न दिने प्रवृत्ति छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रमा रकम बिनयोजन नगरी माटो ग्रेभल मर्मतको काम अग्रिम बजेट बाट गर्न लगाइएको छ ।’ सभार : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।