वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा जैसवालका कारण सर्वसाधारण पिडित तस्करहरु मालामाल

अजय चौरसिया /
वीरगंज । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक हवलदार ( बदनाम घुमुवा) संजय जैसवालका कारण सार्वसाधारण पिडित र तस्करहरु मालामाल बन्न पुगेको गुनासो बढन थालेको छ । प्रहरीको काम शान्ति सुरक्षा अमनचैन कायम गर्नु हो तर केही प्रहरीहरुका कारण प्रहरी संगठन नै बदनाम हुदै गएको बताईन्छ ।
बिगतको समयमा पर्सामा घुमुवा राख्ने प्रचलन हटेको भए पनि हाल घुमुवा राख्ने कार्य पुनः सुरु भएको देखिन्छ । वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत्त प्रहरी सहायक हवलदार जैसवाललाई अघोषित रुपमा घुमुवाको जिम्मेवारी पाएको बताईन्छ ।
वडा प्रहरी कार्यालय बिर्ता मातहतमा पर्ने नगवा, ईनर्वा गाउँ, छपकैया लगायतका नाकाहरुबाट खुल्लामखुल्ला रुपमा तस्करी कार्य भईरहेको स्थानियहरु नै बताउंदछन् । सो मध्ये छपकैया नाकाबाट जितु, बबन, मञ्जु, पशुपती, रंजित लगायत दर्जनौं तस्करहरुलाई हवलदार जैसवालले ग्रिन सिगनल दिएपछि धमाधम तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ ।
घुमुवाको रुपमा खटेका प्रहरी हवलदार जैसवालले सिमावर्ती क्षेत्र छपकैया, ईनर्वा गाउँ, भुटनदेवी, नगवा लगायतका स्थानहरुमा पुगी तस्करहरुबाट महिनवारी असुली गरिरहेको समाचार स्रोतले जनाएको छ । वीरगंजको छपकैया, ईनर्वा गाउँ, नगवा लगायतका स्थानहरुबाट प्रत्येक दिन रक्सी, भटमास लगायतका सामग्रीहरु भारततर्फ तस्करी हुदै आएको छ, भने भारतबाट हाडवेर्यर, कपडा, किराना सामग्री, प्रतिबन्धित औषधी, भैसी पाडा, काजु, चिनी लगायतका सामग्रीहरु तस्करीको माध्यमबाट नेपाल आईरहेको छ ।
कुनै पनि व्यापारीले अवैध कारोबार (तस्करी गर्न) चाहेमा घुमुवा जैसवाल सँग भेट गर्दा “उनले आफ्नो र प्रहरी निरीक्षकको भाग अग्रिम रुपमा दिनु पर्ने शर्त राख्छन, शर्त अनुसार रकम पाएपछि मात्र तस्करीको लाईन पाउँछ” एक तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । रकम दिए पछि वडा प्रहरी कार्यालय बिर्ता मातहतमा पर्ने कुनै पनि प्रहरी चौकीले सामानहरु पक्राउ गरेमा म सँग कुरा भई सकेको भन्नु भनि घुमुवा जैसवालले तस्करहरुलाई भन्ने गरेको ती स्रोतको कथन रहेको छ ।
हवलदार जैसवाल बिगतको समयमा जिल्ला प्रहरी कार्यालय पर्सामा टाईगर टोलीको जिम्मेवारी र प्रदेश प्रहरी कार्यालयको लागि पर्सामा घुमुवा बसी सकेको हुनाले उनलाई विभिन्न नाका र तस्करहरुको बारेमा राम्रो जानकारी रहेकै कारण वडा प्रहरी कार्यालय बिर्तामा घुमुवाको रुपमा राखिएको एक प्रहरी जवानले नाम न छाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले चोरी तस्करी कार्यलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन दिदै आए पनि हवलदार जैसवालले सो निर्देशनलाई धज्जी उडाउदै अवैध असुली कार्यलाई प्रश्रय दिईरहेको बताईन्छ ।
प्रहरी संगठनलाई नै बदनाम गराउनमा तल्लिन देखिएको हवलदार जैसवाल माथि प्रहरीको माथिल्लो अधिकृतहरुको ध्यान जान जरुरी रहेको स्थानियहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।