वीरगंज शोभा यात्रा हिंसा बिरुद्ध जनकपुरमा विरोध प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

वीरगंज शोभा यात्रा हिंसा बिरुद्ध जनकपुरमा विरोध प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

जनकपुर, १३ चैत्र

वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामाथि ढुँगा प्रहार गरी कार्यक्रम विथोलिएको घटनाको विरोधमा जनकपुरस्थित राष्ट्रिय एकता अभियानले आज तीव्र प्रदर्शन गरेका छन्।

उक्त विरोध प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्रीको पुतला दहन गरेका छन्। उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले “सर्वपक्षीय बैठकको नाटक बन्द गर”, “जिहादी आतंकवाद मुर्दावाद” दोसीलाई तत्काल ग्रिफ्तार गर गायतका नारा लगाएका थिए।

अभियानका प्रतिनिधिहरूले भने, “यो कुनै साधारण घटना होइन, धार्मिक स्वतन्त्रतामाथि आक्रमण हो। दोषीहरूलाई छिटोभन्दा छिटो कारबाही नभए अझ कडा आन्दोलन गरिनेछ।”

सुरक्षा व्यवस्था कडा बनाइएको जनाइएको छ भने प्रशासनले यस विषयमा छानबिन प्रक्रिया अगाडि बढाइरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।