वीरगंजको श्रीपुरमा दुई समुदायबीच झडप, सुरक्षा व्यवस्था कडा

वीरगंजको श्रीपुरमा दुई समुदायबीच झडप, सुरक्षा व्यवस्था कडा

वीरगन्ज, १० फागुन

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार साँझ दुई समुदायबीच झडप हुँदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको छ।

प्राप्त जानकारी अनुसार साँझ केही युवाहरूबीच भएको सामान्य विवाद तथा कुटपिटपछि घटना फैलिएको हो। त्यसपछि दुवै पक्षका मानिसहरू जम्मा भई एकअर्काविरुद्ध उत्रिएपछि स्थिति थप बिग्रिएको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ठूलो संख्यामा परिचालन गरिएको थियो। एक समूहले अर्को समुदायको बस्तीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरी भीडलाई तितरबितर पारेको जनाएको छ।

हाल सो क्षेत्र खाली गराइएको छ भने स्थानीयलाई आ–आफ्नो घरभित्र बस्न आग्रह गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन नेपाली सेना समेत विभिन्न स्थानमा तैनाथ गरिएको छ।

प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।