आन्दोलनमा उत्रिए कर्मचारी, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधानको निर्देशन

आन्दोलनमा उत्रिए कर्मचारी, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधानको निर्देशन

वीरगञ्ज, १४ असार
वीरगञ्ज महानगरपालिका मा सरसफाइ व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी अन्तर्गत कार्यरत सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायत विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्।

आन्दोलनका क्रममा कर्मचारीहरूले वीरगञ्जको मुख्य बजार क्षेत्र घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका हुन्। आन्दोलनका कारण केही समयका लागि शहरको सरसफाइ व्यवस्थापन प्रभावित बनेको देखिएको छ।

घटनालाई गम्भीर रूपमा लिँदै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन तत्काल पहल सुरु गर्नुभएको छ।

उहाँले सरसफाइ ठेक्का लिएका ठेकेदार शिव गुप्ता लाई आन्दोलनरत कर्मचारीहरूको जायज मागबारे शीघ्र छलफल गरी समाधान निकाल्न निर्देशन दिनुभएको छ।

कार्यवाहक नगर प्रमुख आलमले नगरवासीले सास्ती भोग्न नपरोस् र शहरको नियमित सरसफाइ सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले महानगरपालिका ले निरन्तर निगरानी तथा आवश्यक समन्वय गरिरहेको बताउनुभएको छ।

उहाँले महानगरपालिका ले सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।