भारतको मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली महिलाको सफल पारिवारिक पुनर्मिलन

भारतको मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली महिलाको सफल पारिवारिक पुनर्मिलन

वीरगंज २ असोज

जिल्ला प्रहरी कार्यालय, पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वय तथा सहकार्यमा भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहनुभएकी एक जना नेपाली दिदीलाई २०८३ भाद्र २७ गते शनिबार उद्धार गरी वीरगञ्ज ल्याइएको थियो।

भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा मानवसेवा आश्रम बिरगंजको संयुक्त प्रयास, समन्वय र सहकार्यमा उहाँको उद्धार सम्भव भएको हो। वीरगञ्ज ल्याइएपछि उहाँलाई आवश्यक हेरचाह तथा संरक्षण प्रदान गर्दै उहाँको परिवारसँग सम्पर्क र समन्वय गरिएको थियो।

उद्धारपश्चात गरिएको निरन्तर प्रयास तथा पारिवारिक समन्वयबाट उहाँका बुवासँग सम्पर्क स्थापित भएपछि आज उहाँलाई जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक श्री पवनकुमार भट्टराईज्यू, प्रहरी नायब उपरीक्षक श्री चक्र मल्लज्यू तथा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता श्री देवेश गुप्ताज्यूको उपस्थितिमा उहाँका बुवाको जिम्मा लगाइएको छ।

यससँगै लामो समयदेखि परिवारबाट टाढा रहनुभएकी उहाँको सफल पारिवारिक पुनर्मिलन भएको छ।

यस मानवीय कार्यमा सहयोग, समन्वय तथा सहकार्य गर्नुहुने भारतीय प्रहरी, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्पूर्ण सहयोगीहरूप्रति मानवसेवा आश्रम हार्दिक आभार व्यक्त गर्दछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।