जनजाति र युवा प्रतिनिधित्वको एजेन्डासहित कांग्रेस केन्द्रीय सदस्य(जनजाति तर्फ) बाट अमृत गुरुङको उम्मेदवार , क्रम संख्या २ मा मत हाल्न अपिल
जनजाति र युवा प्रतिनिधित्वको एजेन्डासहित कांग्रेस केन्द्रीय सदस्य(जनजाति तर्फ) बाट अमृत गुरुङको उम्मेदवार , क्रम संख्या २ मा मत हाल्न अपिल

काठमाडौं २३ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवनका युवा नेता अमृत गुरुङले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। गुरुङको उम्मेदवारी आधिकारिक अन्तिम नामावलीमा क्रम संख्या २ मा कायम भएको छ।
चितवन क्षेत्र नं. ३ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि गुरुङले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी अघि बढाएका हुन । उनी नेपाल तरुण दल चितवनका उपाध्यक्षसमेत हुन । युवा पुस्ताको प्रतिनिधित्व, आदिवासी जनजातिको सहभागिता र पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा उनले अघि सारेका छन ।
राजनीतिसँगै व्यवसाय र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका गुरुङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा युवापुस्ता र जनजाति समुदायको आवाज केन्द्रीय तहसम्म पुर्याउने अवसरका रूपमा प्रस्तुत गरेका छन । संगठन निर्माण, युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राखेर कांग्रेसलाई समयअनुकूल बनाउने आफ्नो प्रतिबद्धता रहेको उनको भनाइ छ।
गुरुङको राजनीतिक सक्रियता पछिल्लो समय चितवनमा युवा परिचालन र संगठनात्मक गतिविधिसँग जोडिएको देखिन्छ। गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाल तरुण दलका तर्फबाट कांग्रेस चितवनको निर्वाचन कमान्डरको भूमिकामा रहेका गुरुङले युवा परिचालनमा सक्रियता देखाएको छ। त्यसैगरी, रसुवा बाढी प्रभावित क्षेत्र तथा जाजरकोट भूकम्पका क्रममा राहत वितरणमा समेत उनको नेतृत्वमा सामाजिक गतिविधि गरिएको थियो ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि गुरुङले प्राप्त विश्वासलाई आगामी राजनीतिक यात्राको जिम्मेवारीका रूपमा लिएको बताएका छन । उनले पार्टी संगठनलाई थप बलियो बनाउने र युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन्। चितवन कांग्रेसभित्र युवा पुस्ताको प्रतिनिधित्वलाई केन्द्रीय तहमा लैजानुपर्ने बहससँग पनि उनको उम्मेदवारी जोडिएको छ।
आदिवासी जनजाति खुलातर्फ १२ केन्द्रीय सदस्य बिजयी हुनेछन । त्यसमा गुरुङ क्रम संख्या २ मा छन्। नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार सूचीअनुसार आदिवासी जनजातितर्फ महिला र खुला गरी २० केन्द्रीय सदस्य निर्वाचित हुनेछन ।
गुरुङले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका पक्षमा साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेका छन्। उनको अपिलमा युवाको सहभागिता, जनजाति प्रतिनिधित्व र पार्टीभित्र नयाँ पुस्ताको भूमिकालाई जोड दिइएको छ।
सफल व्यवसायी तथा समाजसेवीका रूपमा समेत परिचित गुरुङले राजनीतिक जिम्मेवारीलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने बताउँदै आएका छन्। युवा पुस्तालाई नेतृत्वमा अवसर र आदिवासी जनजाति समुदायको आवाजलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
१५औँ महाधिवेशनमा विभिन्न समूह, भूगोल र पुस्ताबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी परेको अवस्थामा गुरुङको उम्मेदवारी चितवनबाट आएको युवा तथा जनजाति प्रतिनिधित्वको रूपमा अघि आएको छ। अब महाधिवेशन प्रतिनिधिको मतबाट उनको राजनीतिक भविस्यको निर्णय हुनेछ।






