विजयनगर गाउँपालिकाद्वारा चाडपर्वको शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
विजयनगर गाउँपालिकाद्वारा चाडपर्वको शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

धर्मेन्द्र कुमार कुर्मी /कपिलवस्तु २३असोज
कपिलवस्तुको विजयनगर गाउँपालिकाद्वारा बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय तहमा आपसी सम्बन्ध मजबुत बनाउनुका साथै चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सद्भावपूर्ण वातावरणमा मनाउने सन्देश दिएको छ।





