चीन संग सम्झौता कार्यान्वयनको नाममा ऋणको भारी नबोकाउनु

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारीलाई कार्यान्वयनमा जोड दिने नेताहरुलाई बताएका छ्न । यो कुरा भन्दा पुर्ब प्रधानमन्त्री केपि ओलिले गरेका सहमति याद आउँछ झापाको दमक पार्क , पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा अनावश्यक नेपालले बोकेको ऋण जुन नेपालले अब तिर्ने पालो आउँदै छ । एयरपोर्टमा कमाई गर्ने ठाँउ छैन तर ऋण बोकाउने चिनियाँ नीति अन्तर्रगत फसेको छ । भैरहवामा निर्माण भएको देशको अर्को अन्तर्राष्ट्रिय एयरपोर्ट जुन कि अहिले सम्म सहि मायने पूरा न भएको र कुनै खास उडान नहुदा त्यो पनि घाटामा छ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड कै सरकारमा सहभागी नेपाली काङ्ग्रेसका सभापति एव पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको जस्तो कडा निर्णय लिने साहस गर्नु होला । चिनियाँ नेता नेपाल भ्रमणमा आएको बेला बिआरआई र अन्य परियोजनालाई हामी ऋणको रुकम स्वीकार गर्न सक्दैनौं । पुर्ब प्रधानमन्त्री देउवाको कडा निर्णय लिएका थिए कि अनुदानमा दिनुस । हामी लाई अमेरिकी एमसीसी परियोजना जस्तै अनुदान दिनु भनेका हुन । छिमेकी मुलुक भारतले पनि अहिलेसम्म नेपाललाई अनुदान दिदा अर्बौं रकम खर्च गर्दै आएको हो । अब प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले चीन सङ विभिन्न रोकिएको सम्झौता गर्ने बताए तर कसरी गर्ने के मापदण्ड बाट हुने नेपाली जनताले जान्न चाहन्छ के यो पुर्ब प्रधानमन्त्री केपि ओलिले बिआरआई जस्तै गोप्य रहने हो कि ? नेपाली जनता प्रधानमन्त्री भ्रमण बारे चासोले हेरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड भारत पछि आफ्नो नेता व दुत का रूपमा चीन पठाएको हुन । भरखरै गृहमन्त्री नारायण काजी पुगेर आएका हुन । नेपाली काङ्ग्रेसका प्रधानमन्त्रीलाई न बोलाउने तर कम्युनिस्ट नेता प्रधानमन्त्री बन्दा तुरुन्त चीन जाने रहस्य के हो ? नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री दाहालसँग प्रश्न गर्दा ठिकै लायो यो चीन भ्रमणमा जानू पर्ने आवश्यकता हो कि बाध्यता हो नेपाली जनताको पनि चासो हो । जवाफमा प्रधानमन्त्री दाहालले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने बताउँछ्न । सावधान हुनु होला प्रधानमन्त्री ज्यु कतै नेपाल माथी थप ऋण लिने परियोजना स्वीकार गर्ने जमर्को गरेमा नेपाली जनता पनि बिद्रोह मा उतरिन बेर छैन । नेपाल सरकारले मध्य तथा सुदुरपस्चिम जोडने एक मात्र बाटो बुटवल – नारायणगढ अहिलेसम्म अलपत्र पारेको चिनियाँ कम्पनीलाई केही गर्न सकेको छैन । निर्माणमा ढिलाई हुँदा म्याद थपेको थप भाको मात्र छ । बुटवल – नारायणगढको बाटो गर्मि याममा धुलो , असार मा हिलम्मे मात्र भाको छ ।
नेपालको आर्थिक र व्यापार सम्बधलाई थप बलियो बनाउने योजना पनि छ । पर्यटनको बिसयमा चिनियाँ नागरिक बसाउने पनि योजना होला तर भर्खरै सुन तस्करीमा चिनियाँ नागरिक र माओवादी केन्द्रका नेताहरु आफै सलग्न रहेको समाचार आएको छ । पर्यटनको नाममा आएका चिनियाँ नागरिक अवैध कारोबार मै लाग्ने एउटा् उदाहरण बनेको छ । नेपाल सरकारले अहिलेसम्म चीन सङ जोडिएको कुनै पनि सिमानाका पुर्ण रूपमा संचालन गराउन सकेको छैन । उल्टो हरेक महिनामा चिनियाँ नेता भ्रमण खर्च नेपाल लिएको छ । कोरोनाको बहानामा सिमा नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद मात्र भाको छ । त्यसैगरी प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने बताउँदा यो भन्न भुले पुरानो नाका चीनले बन्द गरेको छ त्यो पनि खोलाउने कोसिस गर्छु । kr_badiya@yahoo.com / प्राप्त मेल






