भारत बाट भूकम्प पीडितलाई रामदेव बाबाले पठाए ८ ट्रक राहत सामग्री

ती सबै ट्रक सात स्थानीय पालिकामा पुगेर सोमबार वितरण हुनेछन्। स्वामी रामदेव जी महाराज र आचार्य बालकृष्ण जी को तस्वीर अंकित राहत सामग्री बोकेका ट्रकमा ‘आपदा राहत सामग्री, नेपाल के भूकंप पीडित भाइ-बहनों हेतु निः शुल्क सेवार्थ’ भनेर लेखिएको छ। उक्त राहत सामग्री लिएर पतञ्जली योग समिति नेपालका अध्यक्ष लबदेव जी आएका छन्।

null

उनका अनुसार आठ ओटा ट्रकमा ५० टन राहत सामग्री छ। करीव दुई करोड रुपैयाँ बरावरको उक्त राहत सामग्रीमा त्रिपाल, कम्बल, भाँडा, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री रहेको छ। ६ हजारभन्दा बढी परिवारका लागि आवश्यक पर्ने खाद्यन्न र गैरखाद्य सामग्री रहेको अध्यक्ष लबदेवले बताए।

विपत्तीको बेलामा मानवीय सेवा गर्ने हेतुले गुरुजी स्वामी महाराज रामदेव जी को अग्रसरतामा राहत सामग्री आएको उनले बताए। यसका साथै पताञ्जली योग समिति नेपालले भूकम्प गएको दुई दिनपछि जाजरकोटका तीन स्थानमा निशुल्क भोजनको ब्यवस्था गरिरहेको छ।

भेरीको खलंगा र नलगाडका चिउरी तथा कैनामा बिहान बेलुका खाना खुवाइरहेको छ। मेस सञ्चालन गरेर दैनिक दुई हजार जनालाई खाना खुवाइरहेको अध्यक्ष लबदेवले बताए। पतञ्जली योग समितिले भूकम्प पीडितलाई खाना खुवाएपछि निकै राहत भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उनले आपत विपदको बेलामा रामदेव गुरुले ८ ट्रक राहत सामग्री पठाएर नेपालीलाई ठूलो गुण लगाएको बताए।
nullnull
निशुल्क मेसमा खाना खुवाउँदै पताञ्जली योग समिति नेपालका स्वयमंसेवकहरु। अन्नपूर्णपोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।