वीरगंज–२६ सुगौलीमा शुशिल साह कानुको घरदैलो: युवाको अवसर र शिक्षामा पहुँच बढाउने प्रतिवद्धता
वीरगंज–२६ सुगौलीमा शुशिल साह कानुको घरदैलो: युवाको अवसर र शिक्षामा पहुँच बढाउने प्रतिवद्धता

वीरगंज, १७ माघ
वीरगंज महानगरपालिका वडा नं. २६, अठराहा सुगौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुशिल साह कानुले आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा मुख्य रूपमा युवावर्गको सशक्तिकरण र शिक्षाको महत्वमाथि जोड दिइएको थियो।
कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा, युवाहरु र पार्टीका सक्रिय कार्यकर्ताले उम्मेदवारको योजनाप्रति उत्साह व्यक्त गरे। शुशिल साह कानुले आफ्नो सम्बोधनमा भने, “हाम्रो लक्ष्य युवालाई अवसर दिने, शिक्षामा पहुँच बढाउने र स्थानीय विकासमा सबैको सहभागिता सुनिश्चित गर्ने हो।”
उनले आगामी दिनमा विद्यालय र युवाकेंद्रहरुको विकास, छात्रवृत्ति कार्यक्रम विस्तार, र पेशागत तालिमका अवसरहरु सिर्जना गर्ने योजनाहरुको बारेमा पनि जानकारी दिएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले उम्मेदवारलाई सफलताको शुभकामना दिएका र स्थानीय विकासका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।




