संसद पन्तले प्रधानमन्त्री समक्ष उठाए सिर्सिया नदी प्रदुषण, क्यासिनो, मल खादको समस्या

वीरगंज १८ चैत । पर्सा क्षेत्र नं. १ का सांसद् हरि पन्तले बुधवार प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सा १ संग जोडिएका गम्भीर बिषयहरु उठान गरेका छन । आज मधेस प्रदेशका सांसद र प्रधानमन्त्री बालेन्द्र शाह बिच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटघाटको क्रममा संसद पन्तले यी गम्भीर बिषयहरु उठान गरेका हुन ।
प्रधानमन्त्री बालेन्द्र शाह संग उनले विशेष गरि सिर्सिया नदि प्रदुषण हाटाउन अधिकार सम्पन्न समिती गठन गरि समयसिमा तोकेर समस्याको समाधान गर्नु अबको सरकारको काम भएको बताए । सांसद पन्तले किसानलाइ चाहिएको समयमा आवश्यक पर्ने मल कुनै पनि हालतमा सरकारले उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए ।
सांसद पन्तले बीरगंजका क्यासिनोहरुको बिषयमा बोल्दै बीरगंजका प्रायः क्यासिनो हरुले नेपालीहरुलाई अबैध रुपमा क्यासिनोमा प्रबेश गराएर धेरै बीरगंजबासीहरुको बिल्लीबाठ बनाउदा समेत प्रहरी र प्रशासन मुकदर्शक भएर बसेको आरोप लगाएका थिए ।
भेटको क्रममा उनले बीरगंज महानगरको प्रसङ्ग निकाल्दै महानगरले ठाउँ ठाउँमा ढाट राखेर अबैध असुली गरि रहेको र यो बिषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भन्दा सिडियोले एसपीलाई भन्न र एसपीले सिडियोलाई भन्न भनेको प्रसङ्ग समेत प्रधानमन्त्री बालेद्र साहलाई सुनाएका थिए ।
यस क्षेत्रका सबै समस्याहरु सुनी सकेपछी प्रधानमन्त्री बालेन्द्र साहले यस बिषयमा अहिले नै प्रहरी माहानिरीक्षक र गृह सचिजलाई निर्देशन दिने बताएका थिए । प्रधानमन्त्री बालेद्र शाहले जनप्रतिनिधिले भनेका जायज कुराहरू जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारिले नसुन्ने कुरै नहुने समेत बताएका थिए । भेट्को क्रममा श्रम मन्त्री दिपक साह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मधेस प्रदेशका सांसदहरुको उपस्तिथि रहेको थियो ।





