कपिलवस्तु घटनामा दोषीमाथि कारबाही र मृतकलाई शहीद घोषणा गर्न ज्ञापन
कपिलवस्तु घटनामा दोषीमाथि कारबाही र मृतकलाई शहीद घोषणा गर्न ज्ञापन

महोतरी २६ चैत
राष्ट्रिय एकता दल, महोतरीले कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–२, बरगदामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो घटनामा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अरुण यादव (जीतेन्द्र यादव) को उपचारका क्रममा निधन भएपछि दलले दुःख व्यक्त गर्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेको छ।
दलका जिल्ला अध्यक्ष कृष्ण यादव (सूरज) द्वारा प्रमुख जिल्ला अधिकारी, महोतरीमार्फत प्रधानमन्त्रीसमक्ष बुझाइएको ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनका क्रममा नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य, मानव अधिकार र विधिको शासनविपरीत रहेको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा मृतक अरुण यादव (जीतेन्द्र यादव) लाई तत्काल शहीद घोषणा गर्न, पीडित परिवारलाई पर्याप्त आर्थिक क्षतिपूर्ति उपलब्ध गराउन तथा परिवारको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ। साथै, घटनामा संलग्न प्रहरी कर्मचारी र सम्बन्धित निकायमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, धार्मिक आस्थामाथि आक्रमण गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन धार्मिक सद्भाव कायम गर्ने प्रभावकारी नीति तथा सुरक्षा व्यवस्था लागू गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
राष्ट्रिय एकता दलले सरकारलाई घटनाप्रति संवेदनशील भई यथाशीघ्र ठोस निर्णय लिन आग्रह गर्दै शान्ति, न्याय र धार्मिक सहिष्णुताको पक्षमा उभिन अपिल गरेको






