वीरगंज कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, अनुशासन र जिम्मेवारीमा जोड

वीरगंज कलेजमा कक्षा १२ का विद्यार्थीलाई भव्य बिदाई, अनुशासन र जिम्मेवारीमा जोड

वीरगंज, ५ बैशाख

वीरगंज कलेजले कक्षा १२ का विद्यार्थीहरूका लागि शनिबार एक विशेष बिदाई कार्यक्रम आयोजना गर्दै भावपूर्ण रूपमा विदा गरेको छ।

कलेजका सञ्चालक एवं प्रमुख बिनोद गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालयका पूर्व प्रमुख प्रेम सिंह भट्टले विद्यार्थीहरूलाई अनुशासित भई परीक्षा दिन र असल नागरिक बन्न आग्रह गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले विद्यार्थीहरूले पालना गर्नुपर्ने अनुशासनबारे चर्चा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेले बिदाई शब्दले थप जिम्मेवारी बोध गराउने भएकाले विद्यार्थीहरूलाई सजग र उत्तरदायी बन्न सुझाव दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, महासंघका केन्द्रीय परिषद् सदस्य राघव साह, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर लगायतका अतिथिहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।

त्यसैगरी शिक्षकहरू सुशिला साह, सरोज चौधरी, बिनोद मेहता, दिनेश चौरसिया, क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर तथा प्रमुख प्रशासक सुरेश चौधरीले पनि शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा कलेजका छात्राहरूले आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण पासवानले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।