आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

विराटनगर १ असोज 

विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो। हस्पिटलका निर्देशक दिनेश ठाकुरले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई कम्प्युटर हस्तान्तरण गरे।

कम्प्युटर हस्तान्तरण गर्दै निर्देशक ठाकुरले जनताको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक स्रोतसाधनमा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक  उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको बताए।

‘प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको छ। प्रहरीको कामलाई सहज बनाउन सकिने क्षेत्रमा सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’ ठाकुरले भने, ‘आगामी दिनमा पनि आवश्यकता र सम्भावना अनुसार सहयोगलाई निरन्तरता दिनेछौं।’

हस्पिटलबाट प्राप्त कम्प्युटरले प्रहरी कार्यालयको दैनिक प्रशासनिक तथा अभिलेख व्यवस्थापनसम्बन्धी काममा सहयोग पुग्ने एसपी कटवालले बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गतको हस्पिटलले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता सहयोग उपयोगी हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।