छठ पर्वमा सेवाको अनुपम उदाहरण : ९० जना विपन्न व्रतालु महिलालाई साडी वितरण

छठ पर्वमा सेवाको अनुपम उदाहरण : ९० जना विपन्न व्रतालु महिलालाई साडी वितरण

कटहरी, मोरङ २८ कार्तिक 

छठ पर्वको पावन अवसरमा श्री हरि सत्संग समिति नेपालले ९० जना विपन्न व्रतालु महिलालाई साडी वितरण गरेको छ। कटहरी गाउँपालिका वडा नं. १, जमटोकीमा आयोजित कार्यक्रममा छठ पर्वको व्रत बस्ने महिलाहरूलाई साडी वितरण गरिएको हो।

धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई आत्मसात् गर्दै व्रतालु महिलाहरूलाई सम्मान तथा सहयोग गर्ने उद्देश्यले साडी वितरण कार्यक्रम आयोजना गरिएको श्री हरि सत्संग समिति नेपालले जनाएको छ।

कार्यक्रमका लागि आवश्यक साडी समाजसेवी एवं धार्मिक व्यक्तित्व डा. शिव शंकर साहले उपलब्ध गराएका थिए। छठ पर्वको अवसरमा गरिएको यस सहयोगले स्थानीय विपन्न तथा व्रतालु महिलाहरूमा खुसीयाली छाएको छ।

साडी प्राप्त गरेपछि व्रतालु महिलाहरूले खुसी व्यक्त गर्दै सहयोगी दाता डा. शिव शंकर साह तथा आयोजक संस्था श्री हरि सत्संग समिति नेपालप्रति आभार प्रकट गरेका थिए।

छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक एकता, समानता, सद्भाव र आपसी सहयोगको सन्देश दिने महान् पर्वका रूपमा समेत परिचित छ। यस्तो पावन अवसरमा व्रतालु महिलाहरूलाई साडी वितरण गरिनुले धार्मिक परम्पराको संरक्षणसँगै समाजमा सहयोग, सम्मान र सेवाभावको सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रममा श्री हरि सत्संग समिति नेपालका अध्यक्ष भिखम चन्द सरल, ग्राम संगठन अध्यक्ष विद्यानन्द माझी, नगर संगठन अध्यक्ष धनश्याम कावरा, सम्भाग अध्यक्ष महेश स्वर्णकार, सल्लाहकार राजेश शर्मा लगायत विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समाजमा धार्मिक आस्था, सामाजिक सद्भाव र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस प्रकारको कार्यले सामाजिक उत्तरदायित्व र परोपकारी भावनालाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।