युवा नेता चौरसिया तरुण दल पर्सा क्षेत्र नं. ४ को अध्यक्षमा मनोनित

वीरगंज । नेपाल तरूण दल पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय अध्यक्षमा युवा नेता राज चौरसिया मनोनित हुनु भएको छ ।
नेपाल तरुण दलका जिल्ला अध्यक्ष विकास तिवारीले शनिवार एक कार्यक्रमका बिच चर्चित युवा नेता राज चौरसियालाई मनोनित पत्र हस्तान्तरण गरी जिम्मेवारी दिएका छन् ।
पर्सा क्षेत्र नं. ४ को क्षेत्रिय अध्यक्षको पद रिक्त रहेको हुदा सो रिक्त पदमा चौरसियालाई मनोनित गरिएको हो ।
मनोनित चौरसियालाई नेपाल तरुण दलको नीति, सिद्धान्त, आदर्श र विधानको परिधिमा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न जिल्ला अध्यक्ष तिवारीले आग्रह समेत गरेको जनाईएको छ ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं. ४ निवासी चौरसिया लामो समय देखि नेपाली काँग्रेस निकट भातृ संगठनमा सक्रिय रुपमा कार्य गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।