सरूवा भएपनी जान नमान्ने, मिश्रा घुमवाको रुपममा खटि खुलेयाम तस्करी देखि अन्य गतिविधी गराउदै

सरूवा भएपनी जान नमान्ने, मिश्रा घुमवाको रुपममा खटि खुलेयाम तस्करी देखि अन्य गतिविधी गराउदै

वीरगंज २१ माघ

जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने प्रहरी चौकी सिर्सियाकमा कार्यरत दिलिप मिश्राको सरुवा पटेरवा सुगौली भएपनी जान मान्दैनन्। (मिश्रा) प्रहरी चौकी सिर्सियामा आज भन्दा ७ महिना पछाडि प्रहरी चौकी सिर्सियामा आएका थिए।

चौकीमा कार्यरत मिश्रा अहिले १ महिना देखि घुम्वाको रूपमा परिचालित भएका हुन्। घुमवा मिश्राले अहिले प्रहरी चौकी सिर्सियाको क्षेत्रमा पर्ने नाकाहरुबाट खुलेयाम रूपमा तस्करी गराइरहेको सूचना प्राप्त भएको छ।

घुम्वा मिश्राले ठूलो रकमको नजराना बुझेर विभिन्न तस्कर समुहहरुलाई तस्करी गर्न सहज वातावरण मिलाएका छन्। छपकैया नाका बाट हुने तस्करी वापत प्रत्येक साइकल को ३ हजार र मोटरसाइकलमा हुने बटर, किराना को महंगो समान , कपडा, बिजयको हार्डवेयर, कम्प्युटर पार्ट्स लगायत विभिन्न वस्तुको विभिन्न रकमको नजराना लिने गरेका छन्।

अमरपटी नाका बाट कवाड, ब्याट्री, आलमुनियम, स्टील को तस्करी गरी नेपाल बाट भारत लैजाने तस्कर जलालुदिन र अर्को पंकज ले यी सबै सामानको तस्करी अलौ नाका बाट गर्न ससस्त्र देखि चौकी र वडा प्रहरी कार्यालय श्रीपुर समेत ठूलो रकमको नजराना बुझाएको एक प्रहरी नै जानकारी गराएका छन्।

प्रहरी चौकी सिर्सियाको क्षेत्रमा रहेको रक्सी पसलबाट महिनावारीको रूपमा रकम लिएर लोकल रक्सी बिक्री वितरणमा सहयोग पुर्याउने गरेको पसलका संचालक हरु नै जानकारी गराएका छन।

त्यसतै गरी खलवा सिर्सिया, मौजे सिर्सिया को बावनबिघा को बाटो भएर , कोनिया, तिलावे नदीको छेउको बाटो , अलौ, लगायतका नाकाबाट ब्यापक तस्करी भइरहेको छ।

बितेका केही महिना देखि नेपाल चेक पोष्ट (आइसिपी भन्सार) को मेन गेट अगाडि विहान ६ बजे देखि नौ बजे सम्म तीन पति जुवा खेलाउने गरेका छन। जुवा खेलाउने मा सब भन्दा बढी सहयोग प्रहरी चौकी सिर्सियाको मिलेमतोमा जुवा सञ्चालन हुने गरेको छ।

दैनिकि मोटो रकमको नजराना बुझी प्रहरी चौकी सिर्सिया का सई देखि घूमवा समेत मिलेर यौन व्यापार आइसिपि गेट नीर रहेको पसल लगायत क्षेत्रमा पर्ने पसलहरुबाट लाखौं मानिस लाख को रकम लिने गरेको छन।

दैनिकी आउने भारतीय ट्रक चालक हरुलाई लोभ लालच देखाउने त्यसपछि ट्रक चालक हरूको पैसा लुट्ने गरेका छन्। विशेष सूचनाको अनुसार जुवा खेलाउने समुहले प्रहरी चौकी सिर्सिया लगायत अन्य ठाँउमा महिनावारीको रूपमा रकम दिने गरेका छन।

यस्ता गैर जिम्मेवार र आफ्नो पेसा प्रति बिश्वास घात गर्ने, तस्करी जस्ता अपराधिक क्रियाकलापमा नियन्त्रण गर्नु भन्दा तस्करी जस्तो क्रियाकलापमा संलग्न रहेको व्यक्ति प्रति सम्बन्धित निकायको ध्यान र आवश्यक कारवाही गर्न जरुरी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।