नेजपा द्वारा रामनगरीमा हिन्दू राष्ट्र जागरण भेला,धर्म बेचुआ पार्टी लाई अब तह लगाऊंनू पर्छ – वरिष्ठ नेता संतोष पटेल 

नेजपा द्वारा रामनगरीमा हिन्दू राष्ट्र जागरण भेला,धर्म बेचुआ पार्टी लाई अब तह लगाऊंनू पर्छ - वरिष्ठ नेता संतोष पटेल 

बीरगंज ७ भदौ

नेपाल जनता पार्टी (नेजपा) द्वारा आज बहुदरमाई नगरपालिका बड़ा न.८ रामनगरीमा हिन्दू राष्ट्रका लागी जागरण भेला एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ। धर्म निरपेक्षताको आडमा हिन्दू समाज माथी मात्र दमन शोषण र अत्याचार भई रहेको छ। नेजपा वरिष्ठ नेता संतोष पटेल भने धर्म बेचुआ पार्टी लाई अब तह लगाऊंनू पर्छ। हाम्रो भूमि विदेशीहरुका लागी प्रयोगशाला मात्र भएको छ। नेपाली जनता सामू अब एउटा गम्भीर प्रश्न खड़ा भएको छ की धर्म रक्षा गर्नेको साथ दिने की धर्म बेचुआको पछी लागने ?

हाम्रो समाजमा क्यानसर भन्दा खतरनाक हो जब जिहाद,गौ हत्या, धर्म परिवर्तन लगाएंतका विषय गम्भीर रूपमा छन। विश्व सामू नेपालीहरुको पहिचान हिन्दू राष्ट्र बाट थीयो। सम्पूर्ण नेपालीहरु लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र। पटेलले भने सच्चा नेपालीहरु हिन्दू राष्ट्रको विरोध गर्देन्न जो विदेशीका एजेंट हुन उसले मात्र विरोध गर्दछ। हिन्दू राष्ट्रको लागी कार्य गर्ने जो कोही लाई कसैले आंखा देखायो भने तएसता पात्र लाई हामी तह लगाउने छौ।

नेजपा बहुदरमाई नगरपालिका समितिले आयोजना गरेको भेला एवं छलफल कार्यक्रम नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, केन्द्रीय सदस्य अधिवक्ता बिनोद कुर्मी,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, महामंत्री नवीन मिश्रा, कोषाध्यक्ष राजेश साह कलवार, सह-कोषाध्यक्ष संतोष कुशवाहा, जिल्ला कार्य समिति सदस्यहरु सुमंत कुमार दीप, मुना साह तेली, श्रीदेवी साह, बहुदरमाई नगर समितिका मंत्री धर्मेन्द्र साह, कोषाध्यक्ष राजेश साह, नगर सदस्यहरु कृष्णा साह, शिवजी कलवार सहित हिन्दूवादी अगुवाहरुको उपस्थिति रहेको थीयो।

बहुदरमाई नगरपालिकामा युवा मोर्चा, महिला मोर्चा, विद्यार्थी परिषद गठन बारे बृहत छलफल एवं भावी कार्यक्रम बारे समेत चर्चा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।