एन्टन चेकवको कथा”द वेट” र नेपालको बालेन राजनीति के यो धैर्य, भ्रम र आत्मसम्मानको परीक्षा हो त ? एक राष्ट्रिय चिन्तनात्मक विश्लेषण डा.विजय दत्त

एन्टन चेकवको कथा"द वेट" र नेपालको बालेन राजनीति के यो धैर्य, भ्रम र आत्मसम्मानको परीक्षा हो त ? एक राष्ट्रिय चिन्तनात्मक विश्लेषण डा.विजय दत्त

*एन्टन चेकवको कथा*”*द वेट”* र *नेपालको बालेन राजनीति*
के यो धैर्य, भ्रम र आत्मसम्मानको परीक्षा हो त ?
एक राष्ट्रिय चिन्तनात्मक विश्लेषण
डा.विजय दत्त

नेपालको परिवर्तित राजनीति Fishing in Troubled water को अवस्थामा रहेको छ । संसद अवरुद्ध ! अवरुद्ध !! अवरुद्ध !!!
कारण संसदमा पश्चिमाशैलीमा प्रस्तुत सांसदहरूसंगको प्रधानमन्त्रीको सिमा सम्बन्धि अभिव्यक्ति ।
यस अभिव्यक्तिले दक्षिण एशिया मात्रै होइन विश्व नै तरंगित बनेको छ । के नेपाल जस्तो मुलुकले विशाल तथा शक्तिशाली भारतको जग्गापनि मिचेको छ ! फेरि अभिव्यक्ति प्रधानमन्त्रीबाट आउने कहिकत्तै परम्परा छैन ! फेरि संसदमा ! अनगिन्ती प्रश्न र जिज्ञासाहरु यत्रतत्र ,सर्वत्र ।
संसद,सडक र संजाल वेस्सरी तातेको छ । आखिरमा किन न तात्नु ? यस मुलुकमा leftist,rightist र centrist सबैको आआफ्नो क्षेत्र र भुगोलमा त प्रभाव राखेकै छ ! छंदैछ नि !

यस अवस्थालाई रसियन कथाकार एन्टन पी चेकवको कथा “द वेट,” को कथाले ईगित गरेका दृश्यपरिदृश्यकै सेरोफेरोमा छ –

रूसी साहित्यकार Anton Chekhov का प्रायःजसो कथाहरू मानवीय मनोविज्ञानका सूक्ष्म तहहरूलाई उजागर गर्ने अद्भुत ऐना जस्तै हुन्छन् । ती मध्ये उनका चर्चित कथा “द वेट” (The Bet) केवल दुई व्यक्तिबीचको बाजीको कथा मात्र होइन, यो लोभ, समय, ज्ञान र आत्मबोधको गहन दार्शनिक आख्यान पनि रहेको छ ।

कथामा एक धनी साहुकार र एक युवा वकिलबीच पन्ध्र वर्षको एकान्तवासको बाजी लाग्छ आजीवन कारावास ठीक वा मृत्युुदण्ड ? कुन ठीक हो ? भन्ने बहहसमा । सुरुवातमा वकिलको उद्देश्य धन प्राप्ति रहेको थियो, तर वर्षौंको अध्ययन, चिन्तन र आत्ममन्थनपछि उसले महसुस ग-र्यो कि संसारका अधिकांश भौतिक उपलब्धि क्षणभंगुर छन्। तथा, अन्ततः उसले बाजी जित्ने क्षण आउनुभन्दा केही अघि नै धन त्यागेर बाहिरिन्छ र संसारलाई एउटा गम्भीर प्रश्न छोडेर जान्छ— मानिस वास्तवमा केका लागि संघर्ष गरिरहेका छन ?

अहिले नेपालको राजनीति हेर्दा यस्तो देखिन्छ कि हामी पनि कुनै अदृश्य “बाजी” खेलिरहेका छौं कि ? कसैले सत्ताका लागि, कसैले राष्ट्रवादका लागि, कसैले विचारधाराका लागि त कसैले के का लागि थाहा नै छैन ? तर वर्षौं बितिसक्दा पनि प्रश्न उही छ— के हाम्रो संघर्ष राष्ट्रको समृद्धिका लागि हो, कि केवल राजनीतिक विजयका वा ………लागि?

हालै प्रधानमन्त्रीले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति— “भारतले नेपालको केही भूभाग मिचेको छ भने म प्रधानमन्त्री भएपछि थाहा भयो कि नेपालले पनि भारतको केही जग्गा मिचेको छ ! त्यसलाई संवादबाट समाधान गर्नुपर्छ।” — ले व्यापक बहस सिर्जना गरेको छ । कसैले यसलाई यथार्थवादी कूटनीति माने भने कसैले राष्ट्रिय भावनामाथिको चोटका रूपमा बुझेका छन् ।

वास्तवमा, सीमा विवाद कुनै सामान्य प्रशासनिक विषय होइन; यो त राष्ट्रिय अस्मिता, इतिहास र जनभावनासँग जोडिएको अतिसंवेदनशील विषय हुन । यस्ता विषयमा शब्दहरूको भार र तौल भूगोलको नापभन्दा पनि गह्रौं हुने गर्दछ । यस्ता एउटा वाक्यले दशकौंदेखि बनेको राष्ट्रिय मनोविज्ञानलाई प्रभावित गर्न सफल हुन्छ ।

यही सन्दर्भमा नेपाली समाजमा एउटा प्रचलित भनाइ छ-
“हट्ने होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ।”
हो तनि ! एउटा पक्षको भनाइ छ हाम्रो जग्गा कसैले मिच्छ भने हामी पनि किन नमिच्ने ? फेरि मधेशीको मनोविज्ञान त अचम्म को नि ! एक धुर जग्गाको लागि जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा लड्छ । देवानी मुद्दा फौजदारी मुद्दामापनि परिणत भएको हजारौं दृष्टान्तपनि छ । अनि सिमारक्षक त मधेशी नै हुन त ! उसले आफ्नो जग्गा कसैले मिचेको छ भने उसलेपनि ज्यानको “बाजी” लगाइ अर्कोको पनि अवश्य नै मिच्छ । फेरि नदि र खोलाको धार त परिवर्तनशील छ कहिले नेपालतिर त कहिले भारततिर । मनोविज्ञानभित्रको अनौठो मनोविज्ञान हैन र ?
प्रधानमन्त्री बालेनले अन्ततः मधेशी मनोविज्ञानको ओज देखाई नै दिए “जस्ताको त्यस्तै ” [ Tit for Tat] हैन र !
यो विचार र मनोविज्ञान केवल नारामात्र होइन; यो इतिहासले प्रमाणित गरेको चरित्र हो। हिमालजस्तै अटल र पहाडजस्तै दृढ नेपालीहरूले अनेक संकटमा आफ्नो अस्तित्व बचाएका छन्। चाहे विदेशी आक्रमणको प्रतिरोध होस्, प्राकृतिक विपत्ति होस् वा राजनीतिक उथलपुथल— नेपाली समाजले संघर्षबाट पछि हट्ने संस्कार बोकेको छैन।

तर एउटा गम्भीर जिज्ञासा छ — डटेर लड्नु भनेको के हो त !
के आवेगमा प्रतिक्रिया दिनु डटाइ हो, वा धैर्यका साथ आफ्नो अडानलाई तथ्य र र उचित कूटनीतिका माध्यमबाट स्थापित गर्नु? यही ठाउँमा चेकवको “द वेट” सान्दर्भिक बन्छ। कथाको वकिलले पन्ध्र वर्षको एकान्तपछि बुझेको छ कि वास्तविक विजय बाहिरी होइन, भित्री हुन्छ । आत्मज्ञान र आत्मविज्ञानविना प्राप्त विजय पनि पराजय हुन सक्छ !

नेपालको राजनीतिमा पनि यही आत्ममन्थन आवश्यक देखिन्छ। राष्ट्रवाद केवल चुनावी भाषणको विषय बनेको छ । तर,त्यो राष्ट्रिय नीतिको स्थायी आधार बनेको छैन । सीमा विवादलाई उत्तेजनाको होइन, तथ्य, इतिहास र कूटनीतिक परिपक्वताको आधारमा समाधान गर्ने क्षमता नै सफल आधुनिक राष्ट्रको पहिचान हुन।

चेकवको कथामा साहुकार अन्ततः आफ्नो नैतिक पराजयसँग जुझेको हुन्छ । कतै हाम्रो राजनीति पनि सत्ता, लोकप्रियता र तात्कालिक फाइदाको बाजी खेल्दै अन्ततः जनविश्वास गुमाउने दिशातर्फको त बाटो रोजेको छैन त ?

राष्ट्र र राष्ट्रिय मनोविज्ञान पनि मानिसजस्तै हुन्छन । उनीहरूको शक्ति केवल सेनामा हुँदैन; आत्मसम्मान, स्मृति र धैर्यमा पनि हुन्छ। नेपाल सानो हुन सक्छ, तर यसको इतिहासले देखाएको छ कि यो देशले आफ्नो अस्तित्वलाई कहिल्यै सस्तो मूल्यमा साटेको छैन केहि आत्मघाती सम्झौताहरु बाहेक ।

अन्ततः, “द वेट” ले लक्षित-परिलक्षित गरेको भावना के हो भने –
समयले सबै भ्रम हटाइदिन्छ र अन्त्यमा मानिस वा राष्ट्रसँग बाँकी रहने कुरा धन, सत्ता वा प्रचार होइन, आफ्नो आत्मसम्मान र सत्यप्रतिको निष्ठा नै हुन ।
त्यसैले, नेपालको राजनीतिले पनि बाजी जित्ने होइन, विश्वास जित्ने यात्राको अंगिकार गरोस् । किनकि नेपालीको स्वभाव इतिहासले नै स्वर्णिम अक्षरले लेखिसकेको छ कि “नेपाली हट्न जान्दैन;
तर, डटेर लड्ने साहसलाई विवेक, धैर्य र आत्मसम्मानसँग जोड्नै पर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।