तरूणदल बारा द्वारा विरोध प्रदर्शन, प्रमलाई ज्ञापनपत्र।

बारा, २६ माघ
नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारलाई राजनितिक प्रतिशोध राखी लगाईएको भ्रष्टाचारको निर्णय सच्याउन मांग गर्दै नेपाल तरूण दल बाराले विरोध प्रदर्शन गरेको छ।
तरूण दल बाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा भएको विरोध प्रदर्शनको सहभागीहरू ललिता निवास प्रकरणमा नेकपा र अख्तियारले छहारीमा राखेकालाई पक्राउ बदिनयत पुर्ण निर्णय सच्याउनुपर्ने, अख्तियार को छानबिन निष्पक्ष गर्ने कांखा पांखा बन्द गर्ने लगायतका नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए।
नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको विरोध रयाली कलैया बजारको नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय बारा अगाडि प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शन पछि तरूण दल बाराले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्रीको कार्यालय लाई ज्ञापनपत्र समेत बुझाएको थियो।
सरकारको नेतृत्व गरेका पुर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई, मुख्य सचिव लिलामणि पौडेल, नेकपाका सचिव विष्णु पौडेल लगायतलाई कानुनको काठघरामा उभ्याउन र सो निर्णय नसच्याए तरूणदल बाराले नेपाल सरकार र अख्तियार विरूद्ध सशक्त अान्दोलनमा उत्रिने ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएका छन ।
सो विरोध प्रदर्शनमा पुर्व मन्त्री कलावती पासवान, नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्र गुप्ता, सचिव हरेन्द्र यादव, कोषाध्यक्ष चन्द्रशेखर यादव, महासमिति सदस्य शिवचन्द्र यादव, निजगढका नगर सचिव महेशी चौधरी, जितपुर सिमरका नगर सचिव सुशिल दवाडी, ट्रेड युनियनका सहसचिव प्रमोद सिंह, तरूणदलका क्षेत्रीय सभापति राजकिशोर गुप्ता, राधा देवी साह तरुण दल बारा का युवा नेता दिपेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो।






