ग्लोबल बिजनेस कलेज वीरगंजद्धारा ‘ग्लोबल विन्टर फेस्ट’ कार्यक्रम सम्पन्न

वीरगंज । ग्लोबल बिजनेस कलेजको आयोजनामा शनिवार ‘ग्लोबल विन्टर फेस्ट’ कार्यक्रम सम्पन्न भएको छ । व्यवसाय संकाय स्नातकमा अध्ययनरत विद्यार्थीहरुले ‘ग्लोबल विन्टर फेस्ट’ को आयोजना गरेका हुन् ।
कलेजका प्रबन्ध निर्देशक श्रीराम दासको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवं सांसद अजय चौरसियाले पानसमा बत्ती बालि उदघाटन गरेका थिए । प्रमुख अतिथि चौरसियाले सो कार्यक्रमलाई सम्बोधन गर्दै अनुशासन नै विद्यार्थीको सफलताको हतियार भएको बताए । उनले अनुशासन बिना सफलता हात पार्न नसकिने चर्चा गर्दै समयमै लक्ष्य निर्धारण गर्न पनि सुझाएका थिए । आफ्नो रुची र क्षमता अनुसारको गन्तव्य निर्धारण गरेर सही मार्गमा निर्देशित हुन उनले आग्रह गरे ।
ग्लोबल विन्टर फेस्टमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतीहरु गरेका थिए । सोही अवसरमा म्युजिक ब्याण्ड, फेस पेन्टिङ्, रमाईलो खेल, गिफ्ट स्टल, फुड स्टल्स् लगायतका विभिन्न स्टलहरु पनि राखिएको थियो । १३ वटा विभिन्न खाना तथा खाजाका परिकारहरुको स्टल राखिएको थियो भने ९ वटा अन्य स्टल रहेका थिए ।
सो कार्यक्रममा ग्लोबल बिजनेस कलेजकै स्पर्श ब्याण्ड, द जिरो फोर ब्याण्ड, उद्देश्य ब्याण्ड, अनिश एण्ड ग्रुप, यात्री ब्याण्ड सँगै सुमित श्रीवास्तव र साउथ जोन माविकी रागिनी केशरीको प्रस्तुती रहेको थियो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, बहुदरमाई नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा स्वागत मनतव्य सत्यमविपिन मिश्राले गरेका थिए भने सहजीकरण जीत मिश्रा, अमृत वर्णवाल, ऋभी वर्णवाल, अंकिता गुप्ता र खुशी शुक्लाले गरेका थिए । उनीहरुलाई कलेजका शिक्षक सन्दिप साहले निर्देशित गरेका थिए ।
व्यवस्थापन संकायको प्रथम वर्ष र दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमले विद्यार्थीहरुलाई व्यवसायिकता र उद्यमशीलताको बारेमा बुझाउने उद्देश्य रहेको कलेजका निर्देशक ओम श्रेष्ठले बताए ।






