‘खडेबाबा’माथि देशव्यापी निगरानी, लाइसेन्स खारेजीसम्मको कारबाहीको तयारी

‘खडेबाबा’माथि देशव्यापी निगरानी, लाइसेन्स खारेजीसम्मको कारबाहीको तयारी

काठमाडौं २१ असोज

सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेबार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ।मेडिकल कलेजहरूको निरीक्षणका बेला मात्र फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ (घोस्ट फ्याकल्टी) विरुद्ध सरकार निर्मम बन्ने भएको हो।

शिक्षामन्त्रीको निर्देशन अनुसार अनियमितता र बेतिथिमा सम्लग्न मेडिकल कलेजको निगरानी गरी दोषी उपर कडा कारबाही गर्ने तयारी गरिएको छ । स्वास्थ्यजस्तो संवेदनशिल विषयमा अस्पलाल र चिकित्सकले लापरबाही गरेको विशेष सूचनाको आधारमा सरकारले यस क्षेत्रको बेतिथि अन्त्य गर्न नयॉ कदम चाल्न लागेको हो ।

मन्त्रालयका अनुसार सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि सूक्ष्म निगरानी सुरु गर्दैछन्। नियुक्ति, नियमित उपस्थिति, अध्यापन, अस्पतालमा सेवा तथा निरीक्षणका बेला पेश गरिएका विवरणसमेत जाँचको दायरामा ल्याइने तयारी छ।वास्तविक रूपमा अध्यापन वा सेवा नगरी निरीक्षणका लागि मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको प्रमाणित भएमा सम्बन्धित चिकित्सकमाथि कारबाही गरिने स्रोतको भनाइ छ।

गम्भीर संलग्नता प्रमाणित भए नेपाल मेडिकल काउन्सिलको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ। विद्यार्थी तथा सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियो र अन्य प्रमाणसमेत अध्ययन गरिने बताइएको छ।’अब कागजमा होइन, कक्षामा वास्तविक फ्याकल्टी चाहिन्छ,’ मन्त्रालयले भन्यो, ‘खडेबाबा प्रयोग गरेर मेडिकल कलेजको सिट वा मान्यता प्रभावित गर्ने अभ्यास प्रमाणित भए संलग्न सबैलाई जवाफदेही बनाइनेछ।’

हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा पनि यस विषय उठेको थियो। बैठकमा यस्ता बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्नुपर्ने धारणा चिकित्सा शिक्षा आयोगा उपाध्यक्ष प्रा. डा. डेबेन्द्र खत्रीले राख्नुभएको थियो। शिक्षा मन्त्रालयले पनि यससम्बन्धी विषय र मन्त्रालयमा आएका गुनासोलाई लिएर सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।