भारत-पाकिस्तान तनावबारे भारतीय राजदूतको ब्रिफिङ, प्रधानमन्त्री ओलीले गरे आतंकवादी आक्रमणको भर्त्सना

भारत-पाकिस्तान तनावबारे भारतीय राजदूतको ब्रिफिङ, प्रधानमन्त्री ओलीले गरे आतंकवादी आक्रमणको भर्त्सना

काठमाडौं २६ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटमा उनीहरूबीच पहलगाम घटना र अहिले जारी भारत-पाकिस्तानको तनावका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध भारत सरकारले चालेको कदमका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरेका थिए।

राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति धन्यवाद दिएका थिए। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपालले भारतप्रति बलियो समर्थन जनाएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना गरेको बताए। उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।