कोशी प्रदेशमा श्री हरि सत्संग समिति गठन, महेश कुमार साह अध्यक्ष चयन

कोशी प्रदेशमा श्री हरि सत्संग समिति गठन, महेश कुमार साह अध्यक्ष चयन

विराटनगर १०  जेठ

विराटनगरस्थित लायन्स क्लब अफ विराटनगरमा शनिबार आयोजित विशेष कार्यक्रममा श्री हरि सत्संग समिति, कोशी प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ। कार्यक्रम श्री हरि सत्संगका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरल, राष्ट्रिय ग्राम संगठनका अध्यक्ष विद्यानन्द माझी, राष्ट्रिय नगर संगठनका अध्यक्ष घनश्याम काबरा तथा भारतबाट आउनुभएकी सीमा दीदीको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा आध्यात्मिक, सामाजिक तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित महेश कुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको जनाइएको छ।

समितिका पदाधिकारीहरूमा शिरोमणि भट्टराई, प्रकाश दाहाल, महेन्द्र अग्रवाल, पवन साह, राजेन्द्र अग्रवाल, सन्तोष रौनियार, किरण आचार्य, विजय अग्रवाल तथा सन्तोष साह चयन भएका छन्।

त्यसैगरी समितिको सल्लाहकार मण्डलमा योग गुरु रामप्रसाद शर्मा, कानुनी सल्लाहकार पशुपति नेपाल, पत्राचार सल्लाहकार राजेश शर्मा तथा श्रीनिवास राठीलाई जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै अतिथिहरूले समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य र मानवीय सेवाको भावना अभिवृद्धि गर्न श्री हरि सत्संग समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै कोशी प्रदेशभर संगठन विस्तार गर्दै सत्संग, सेवा र संस्कारमूलक अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत जनाइएको थियो।

नवनिर्वाचित अध्यक्ष महेश कुमार साहले सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरूको सहकार्यमा संस्थाका उद्देश्यलाई सफल बनाउन सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समिति गठनसँगै कोशी प्रदेशमा श्री हरि सत्संगका गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।