जसपा नेपाल परित्याग गर्दै डा. कृपा सिन्धु चौधरी कांग्रेसमा प्रवेश
जसपा नेपाल परित्याग गर्दै डा. कृपा सिन्धु चौधरी कांग्रेसमा प्रवेश

काठमाडौं २१ असोज
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ का सांसद पदका प्रत्याशी डा. कृपा सिन्धु प्रसाद चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
उहाँलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्दै टीका लगाइदिनुभएको हो।
डा. चौधरीको कांग्रेस प्रवेशसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा पार्टीको संगठन थप मजबुत हुने कांग्रेस नेताहरूले विश्वास व्यक्त गरेका छन्। उहाँको प्रवेशले स्थानीय तहमा पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको एकता तथा जनसम्पर्कलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कांग्रेसले आगामी दिनमा निर्वाचन क्षेत्र नं. ४ का स्थानीय समस्या तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै संगठनात्मक गतिविधिलाई तीव्रता दिने जनाएको छ। डा. चौधरीको राजनीतिक अनुभव र स्थानीयस्तरमा रहेको जनसम्पर्कलाई पार्टी संगठन विस्तारमा उपयोग गर्ने रणनीति कांग्रेसको रहेको बताइएको छ।






