चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ।

चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ।

बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद् बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताएका हुन्।

उनले एसपीपीलाई लिएर नेपालमा चौतर्फी विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए। उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको सह्रानिय भएकाे बताए।

चीनले नेपाललाई असल छिमेकीको रुपमा सदैव साथ, सहयोग गर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताकोरक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।