महिला ५ जना, युरोपबाट ९ जना, ओसेनिया–अमेरिकाबाट ५ जना, मध्यपूर्वबाट ४ जना, एसिया–प्यासिफिकबाट ७ जना र भारतबाट २ जना उम्मेदवार

महिला ५ जना, युरोपबाट ९ जना, ओसेनिया–अमेरिकाबाट ५ जना, मध्यपूर्वबाट ४ जना, एसिया–प्यासिफिकबाट ७ जना र भारतबाट २ जना उम्मेदवार

काठमाडौ २२ असोज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन
अन्तर्गत नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने ७ पदका लागि ३२ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेसले यसपटक जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेपछि विभिन्न क्षेत्रबाट उम्मेदवारी परेको हो।

कांग्रेसको नयाँ व्यवस्थाअनुसार जनसम्पर्क समितिबाट २ महिला र ५ क्षेत्रीय प्रतिनिधित्वसहित ७ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। महिला समूहबाट दुई तथा युरोप, ओसेनिया–अमेरिका, मध्यपूर्व, एसिया–प्यासिफिक र भारत क्षेत्रबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन ।

कुन क्षेत्रबाट कति उम्मेदवार?
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार महिला समूहका २ पदका लागि ५ जना, युरोप क्षेत्रको १ पदका लागि ९ जना, ओसेनिया–अमेरिका क्षेत्रको १ पदका लागि ५ जना, मध्यपूर्व क्षेत्रको १ पदका लागि ४ जना, एसिया–प्यासिफिक क्षेत्रको १ पदका लागि ७ जना र भारत क्षेत्रको १ पदका लागि २ जना उम्मेदवार छन्। यसरी जनसम्पर्क समितितर्फका ७ पदका लागि कुल ३२ जनाको उम्मेदवारी परेको छ।

महिला समूहका दुई पदका लागि सीता सापकोटा घिमिरे,रविना थापा,
चन्दा अधिकारी, नन्दिनी कुमारी न्यौपाने र निर्मला थापा मगर उम्मेदवार छन ।

युरोप क्षेत्रको एक पदका लागि सबैभन्दा बढी ९ जना प्रतिस्पर्धामा छन ।
पूर्ण तिमिल्सिना,विजय मोक्तान,जितेन्द्र विक्रम शाही,
अंकित ओली, इन्द्रप्रसाद शर्मा, टंक लम्साल, पूर्णबहादुर हमाल, शशि भूषण शाह र शालिकराम गौतम युरोपबाट चुनावी मैदानमा रहेका छन ।

ओसेनिया–अमेरिका क्षेत्रको एक पदका लागि ६ जना उम्मेदवार छन ।
रामजिवी पन्थ,कृष्ण गिरी–जगन्नाथ,
अमृत वस्ती, कञ्चन पोखरेल, विद्या भूषण कार्कीले उम्मेदवारी दिएका छन ।

मध्यपूर्व क्षेत्रको एक पदका लागि
विमल सुवेदी, खेमराज बस्नेत,
पुरुषोत्तम खनाल, रितबहादुर कटुवाल प्रतिस्पर्धामा छन्।

एसिया–प्यासिफिक क्षेत्रको एक पदका लागि ७ जना उम्मेदवार छन।
जस्मा विनोदबहादुर थापा,नारायण
प्रसाद सुवेदी,
दण्डपाणी कँडेल(डिपि),
डा. बलराम श्रेष्ठ,
नवराज शिवाकोटी र सुरेश कोइरालाको उम्मेदवारी परेको छ ।

भारत क्षेत्रको एक पदमा भने बालकृष्ण पाण्डे र
धर्मराज काफ्लेको उम्मेदवारी सार्वजनिक भएको छ ।
पाण्डे विगत ४ दशकदेखि काग्रेसको राजनीतिमा खारिएका र जनसम्पर्क समितिको संस्थापक,दुई दशक भन्दा बढी भारतका जनसम्पर्क समितिको सभापति भैसकेका, पुर्व आमन्त्रित केन्द्रिय सदस्य भैसकेका ब्यक्ती भएकाले पल्लाभारी देखिन्छ । उनी निर्विरोध हुनेनी प्रवल संभावना रहेको छ ।
यसै गरी सबै उम्मेदवारसङ्ग जनसम्पर्कका नेताहरुले छलफल गरिरहेका छन ।

यसपटक कांग्रेसले जनसम्पर्क समितिलाई केन्द्रीय कार्यसमितिमा स्थान दिएसँगै विदेशमा रहेका कांग्रेसका पुराना तथा सक्रिय कार्यकर्ताबीच केन्द्रीय नेतृत्वमा पुग्ने प्रतिस्पर्धा तीव्र बनेको छ। जनसम्पर्क समितिको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय संरचनासँग संस्थागत रूपमा जोड्ने यो व्यवस्थालाई प्रवासी नेपाली समुदायको राजनीतिक सहभागिताका दृष्टिले महत्वपूर्ण मानिएको छ।

जनसम्पर्क समितिबाट निर्वाचित हुने सात केन्द्रीय सदस्यले विदेशमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा नेपाली समुदायका राजनीतिक, सामाजिक र आर्थिक सरोकारलाई पार्टीको केन्द्रीय नीति निर्माण तहसम्म पुर्‍याउने अपेक्षा गरिएको छ। वैदेशिक रोजगारी, प्रवासी नेपालीका अधिकार, नागरिकता, लगानी, सामाजिक सुरक्षा तथा विदेशस्थित कांग्रेस संगठनको संस्थागत सुदृढीकरणलगायत विषय जनसम्पर्क समितिका प्रतिनिधिका प्रमुख सरोकारका रूपमा रहनेछन्।

विशेषगरी युरोप, ओसेनिया–अमेरिका, मध्यपूर्व र एसिया–प्यासिफिक क्षेत्रमा लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय रहेका नेताहरूबीच प्रतिस्पर्धा भएकाले जनसम्पर्क समितितर्फको निर्वाचनलाई महाधिवेशनको महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ। महिला समूहमा समेत ७ जनाको उम्मेदवारी परेकाले दुई पदका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमाथि दाबी–विरोध तथा आवश्यक जाँचको प्रक्रिया पूरा गरेपछि अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ। त्यसपछि जनसम्पर्क समितितर्फका सात केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।